२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशबाट फर्किएकाहरुलाई १६ प्रकारका तालिम नि:शुल्क दिइने, आवेदन दिने तरिकासहित

२०७७, २२ आश्विन बिहीबार ०७:५०

असोज २२, काठमाडौं । कोभिड  १९ का कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएकाहरुलाई प्राथमिकता राखेर गण्डकी प्रदेश सरकाले तालिम दिने भएको छ । गण्डकी प्रदेश भित्रका रिटर्नीहरुलाई प्राथमिकता राख्दै गण्डकी प्रदेश सरकारले विभिन्न १६ प्रकारका सिपमुलक तालिम दिन लागेको हो  ।

उद्योग, वाणिज्य तथा उपभोक्त्ता हित संरक्षण  निर्देशनालयको आ.व. ०७७/०७८ का लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार कोभिड १९ का कारण स्वदेश वा विदेशमा रोजगार गुमाइ श्रम छोडी घर फर्केका बेरोजगार वा अन्य वेरोजगार व्यक्ति हरुका लागि रोजगार श्रृजना गर्ने उद्देश्यले तालिम दिन लागिएको जनाइएको छ । प्लम्बर, मोटर साइकल मर्मत,  इलेक्ट्रॉनिक्स फ्रिज, वाशिंग मेसिन ए.सी. मर्मत), लेथ अपरेटर(मेशनरी सामानको पाट पूर्जा वनाउने), छालाजुत्ता, चप्पल, झोला बनाउने, सिलाई कटाई,पेन्टिङ्ग (रंगरोगन),आल्युनियम फिटिगको तालिम रहेको छ त्यस्तैगरी गाडी मर्मत, इलेक्ट्रिकल वायरिंग, मोबाइल मर्मत, कम्प्युटर/ल्यापटप मर्मत, वायल्डीङ्ग ग्रील, सुनचाँदी(कालिगढ), टायल मार्बल विछ्याउने र हेयरकटिङ्ग तालिम दिईने जनाइको छ  ।

१६ प्रकारका तालिम मध्ये कुनै एक तालिम लिन इच्छुक नेपाली नागरिकहरुले नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाणपत्र भए सोको प्रतिलिपि, यस अगाडि यस्तै वा अन्य सीपमूलक तालिम लिएको भए सो को प्रमाण र हाल कुनै पेशा वा रोजगार भए सोको विवरण संलग्न गरी यस प्रदेश अन्तगर्तका आफू वसोवास गर्ने जिल्लाको घरेलु तथा साना उद्योग कार्यालय वा यस निर्देशनालयमा सिधै वा इमेल  ठेगाना [email protected] मा कार्त्तिक २० गतेसम्म निवेदन दर्ता गरिसक्नुपर्ने छ । 

तालिमका लागि आवेदन दर्ता भै छनौट भएका प्रशिक्षार्थीहरुको नामावली एंव तालिम कार्यक्रम र स्थान सम्बन्धी सूचना पछि प्रकाशित गरिने जनाइको छ । २० जना भन्दा कम आवेदक भएमा तालिम संचालन गर्न नसकिने र आवेदकको माग संख्या तथा आवश्यकताको आधारमा तालिम कार्यक्रम थपघट गर्न सकिने सूचनामा उल्लेख छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा