१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशबाट फर्किएकाहरुलाई १६ प्रकारका तालिम नि:शुल्क दिइने, आवेदन दिने तरिकासहित

२२ आश्विन २०७७, बिहीबार ०७:५०

असोज २२, काठमाडौं । कोभिड  १९ का कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएकाहरुलाई प्राथमिकता राखेर गण्डकी प्रदेश सरकाले तालिम दिने भएको छ । गण्डकी प्रदेश भित्रका रिटर्नीहरुलाई प्राथमिकता राख्दै गण्डकी प्रदेश सरकारले विभिन्न १६ प्रकारका सिपमुलक तालिम दिन लागेको हो  ।

उद्योग, वाणिज्य तथा उपभोक्त्ता हित संरक्षण  निर्देशनालयको आ.व. ०७७/०७८ का लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार कोभिड १९ का कारण स्वदेश वा विदेशमा रोजगार गुमाइ श्रम छोडी घर फर्केका बेरोजगार वा अन्य वेरोजगार व्यक्ति हरुका लागि रोजगार श्रृजना गर्ने उद्देश्यले तालिम दिन लागिएको जनाइएको छ । प्लम्बर, मोटर साइकल मर्मत,  इलेक्ट्रॉनिक्स फ्रिज, वाशिंग मेसिन ए.सी. मर्मत), लेथ अपरेटर(मेशनरी सामानको पाट पूर्जा वनाउने), छालाजुत्ता, चप्पल, झोला बनाउने, सिलाई कटाई,पेन्टिङ्ग (रंगरोगन),आल्युनियम फिटिगको तालिम रहेको छ त्यस्तैगरी गाडी मर्मत, इलेक्ट्रिकल वायरिंग, मोबाइल मर्मत, कम्प्युटर/ल्यापटप मर्मत, वायल्डीङ्ग ग्रील, सुनचाँदी(कालिगढ), टायल मार्बल विछ्याउने र हेयरकटिङ्ग तालिम दिईने जनाइको छ  ।

१६ प्रकारका तालिम मध्ये कुनै एक तालिम लिन इच्छुक नेपाली नागरिकहरुले नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाणपत्र भए सोको प्रतिलिपि, यस अगाडि यस्तै वा अन्य सीपमूलक तालिम लिएको भए सो को प्रमाण र हाल कुनै पेशा वा रोजगार भए सोको विवरण संलग्न गरी यस प्रदेश अन्तगर्तका आफू वसोवास गर्ने जिल्लाको घरेलु तथा साना उद्योग कार्यालय वा यस निर्देशनालयमा सिधै वा इमेल  ठेगाना [email protected] मा कार्त्तिक २० गतेसम्म निवेदन दर्ता गरिसक्नुपर्ने छ । 

तालिमका लागि आवेदन दर्ता भै छनौट भएका प्रशिक्षार्थीहरुको नामावली एंव तालिम कार्यक्रम र स्थान सम्बन्धी सूचना पछि प्रकाशित गरिने जनाइको छ । २० जना भन्दा कम आवेदक भएमा तालिम संचालन गर्न नसकिने र आवेदकको माग संख्या तथा आवश्यकताको आधारमा तालिम कार्यक्रम थपघट गर्न सकिने सूचनामा उल्लेख छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो