२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर कारोबार दोहोरो अङ्कले ओरालो

२०७७, २५ आश्विन आईतवार १४:१४

असोज २५, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६.२७ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.०१ बिन्दुले घटेर ३११.७३ मा झरेको छ । कूल १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर रु दुई अर्ब ३९ करोड ४५ लाख ३२ हजार ५९९ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर उकालो लाग्दा अरु ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त १७.५ अङ्कले उकालो लाग्दा बैंकिङ १०.५, व्यापार १९.६९, होटल ३८.२३, विकास बैंक २०.८८, जलविद्युत् २७.७५, निर्जीवन बीमा ८६.३७, उत्पादन ४८.४८, अन्य ९.२९, लघुवित्त ८.९३, जीवन बीमा १०.७१ ओरालो छ । 

कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ६ लाख ५८ हजार ११७ बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु १० करोड दुई लाख ५३ हजार ६६५, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड ६९ लाख ४१ हजार ४७६, सानीमा   माई हाइड्रोपावर रु सात करोड ६४ लाख ६५ हजार ८२९, अरुण काबेली पावर रु सात करोड ४२ लाख ५० हजार ४२, हिमाल दोलखा हाइड्रोपावर रु सात करोड आठ लाख ६५ हजार ४२४ र कामना सेवा विकास बैंकको रु छ करोड ७४ लाख ४१ हजार ३८७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा आइसिएफसी फाइनान्स ९.८२, रिडी हाइड्रोपावर ८.४२, जानकी फाइनान्स ६.५१ , श्री इन्भेस्टमेन्ट कम्पनी ६.०६, रिलायन्स फाइनान्स ५.९५ र सबैको लघुवित्तका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाए । त्यस्तै, अपि पावर कम्पनी ७.१४, खानीखोला हाइड्रोपावर ६.६७, दिव्यश्वरी हाइड्रोपावर ६.११, पञ्चकन्या माई हाइड्रो ६.१०, नेपाल फाइनान्स छ र आँखुखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ५.३७ प्रतिशतले गुमाए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा