१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चक्रपथ दोस्रो चरणको विस्तारका लागि बाँकी संरचना छिट्टै हटाइने

२५ आश्विन २०७७, आईतवार १५:५८

असोज २५, काठमाडौँ | काठमाडौँ चक्रपथको दोस्रो चरणका विस्तारका लागि निर्माणस्थलमा संरचना चाँडो हटाउने निर्णय भएको छ ।   भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल टेलिकम, सडक विभागलगायत कार्यालयका प्रतिनिधिसहित आज सिंहदरबारमा भएको बैठकले कामलाई तत्काल गति दिन सम्बन्धित निकायसँगका समन्वयमा निर्माणस्थल खाली गराउने निर्णय गरेको छ । 

बैठकले एक महिनाभित्र बिजुलीका खम्बा स्थानान्तरण गर्ने, तीन महिनाभित्र ‘हाइ भोल्टेज टावर’ स्थानान्तरण गर्ने, सडक सीमामा रहेका जग्गाको मूल्याङ्कन गर्नेलगायत निर्णय गरेको हो । 

नेपाल विद्युत् प्राधिकरणबाट विगतमा विभिन्न बैठकमा भएका प्रतिबद्धतानुसार एक महिनाभित्र सबै खम्बा स्थानान्तरण गरी तार हालिने निर्णय भएको छ । आगामी तीन महिना (पुस मसान्तभित्र)  कारखाना चोक र सानो भ¥याङस्थित ‘हाइ भोल्टेज टावर’ स्थानान्तरण गरिने भएको छ । काठमाडौँ महानगरपालिकासँगका समन्वयमा स्वयम्भूस्थित चैत्य आगामी कात्तिक मसान्तभित्र हटाइने तथा काठमाडौँ चक्रपथ सुधार योजनामार्फत नयाँ बसपार्कस्थित  आकाशे पुल भत्काउने निर्णय भएको छ । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी नारायणगोपाल चोक र  महाराजगञ्जको सडक सीमामा रहेका जग्गाको मूल्याङ्कन  गर्ने भएको छ । सडक सीमासम्बन्धी अन्योल हटाउन  राजपत्र र कानूनी दस्तावेजको अध्ययन र थप परामर्श गरी सकेसम्म चाँडो नीतिगत निर्णय गर्न सडक विभागबाट पहल गर्ने पनि निर्णय भएको मन्त्रालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव यादवप्रसाद कोइराला, प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्र्की, टेलिकमका महानिर्देशक अनन्तमान सिंह,  प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक लेखनाथ कोइराला, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायत सहभागी हुनुभएको थियो । 

चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वर–कलङ्की सडक आठ लेनमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड(कलङ्कीदेखि चाबहिल) सडक विस्तार गर्ने सहमति भएको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण शुरु गर्ने बताएको छ । सोही सडक निर्माणका लागि गत वर्षदेखि नै निर्माणस्थल खाली गर्ने काम भइरहेको छ । यस क्षेत्रमा रहेका रुख कटान, पूर्वाधार सार्ने काम भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो