२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुटवलमा गुणस्तरीय पेट्रोलियम पदार्थ बिक्री

२७ आश्विन २०७७, मंगलवार १३:२८

असोज २७, रुपन्देही । बुटवलका पेट्रोल पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, नेपाल आयल निगम, नेपाल प्रहरी र नेपाल पत्रकार महासंघका प्रतिनिधिसहितको टोलीले आज गरेको पेट्रोल पम्पको अनुगमनका क्रममा पेट्रोलियम पदार्थको गुणस्तर तथा नाप तौल ठीक रहेको पाइएको हो । 

टोलीले आज बुटवल नेपालगञ्ज रोडमा रहेको शाह डिजर सेन्टर, बुटवल १३ जीतगढीस्थित गैरे पेट्रोल पम्प र एमएस पेट्रोल पम्पको अनुगमन गरेको हो । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुन सक्ने कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्रीवितरण रोक्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयसहित सरोकार निकायले बजार अनुगमनलाई निरन्तरता दिएको जिप्रकाका अधिकृत झविलाल भट्टराईले जानकारी दिनुभयो ।  बुटवलका तीन   पेट्रोल पम्पमा आज पेट्रोलियम पदार्थको गुणस्तर जाँच गर्दा ठीक भएको पाइए पनि सुरक्षा मापदण्ड भने कमजोर भएको पाइएकाले सुधार गर्न निर्देशन दिइएको  छ । 

अधिकृत भट्टराईका अनुसार यस क्षेत्रका अधिकांश पेट्रोल पम्पमा शौचालयको व्यवस्था भए पनि व्यवस्थित नभएको पाइएको छ । पम्पमा लैङ्गिकमैत्री  र अपाङ्गतामैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।  अनुगमन गरिएका सबै पम्पमा डिजल र पेट्रोलको नाप तौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक बालकृष्ण रायले बताउनुभयो ।  डिजल र पेट्रोलको  गुणस्तर ठीक भए पनि  पेट्रोल पम्प भने अझै व्यवस्थित गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

 गुणस्तर कार्यालयका प्रमुख मनोजकुमार पोखरेलका अनुसार प्रति पाँच लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यसभन्दा कम भएमा ठगी गरेको ठहरिने प्रमुख पोखरेलले बताउनुभयो ।पेट्राल पम्पको गुणस्तर सही भए पनि अधिकांशमा सुरक्षा उपकरण भने पूरा नभएको पाइएको आयल निगमका वरिष्ठ सहायक सुवास काफ्लेले बताउनुभयो । 

अनुगमन टोलीले सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने पेट्रोल पम्पमा विपद् वा आगलागीका घटनाबाट बच्न प्रयोग हुने सुरक्षा उपकरण तयारी अवस्थामा राख्न निर्देशन  दिएको छ । 

चाडपर्वमा हुन सक्ने कालोबजारी, महँगी र मिलावट नियन्त्रण गर्न बजार अनुगमनलाई निरन्तरता दिइने उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख यमबहादुर थापाले बताउनुभयो । अनुगमन टोलीले  कोभिड –१९ को महामारीलाई ध्यानमा राख्दै सुरक्षा मापदण्ड अपनाएर सेवा प्रदान गर्न निर्देशन दिएको छ । यसअघि पनि अनुगमन टोलीले जिल्लाका विभिन्न मिठाइ पसल र होटलको अनुगमन गरेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य