२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खसीबोका बिक्री हुन गाह्रो भो !

२०७७, २८ आश्विन बुधबार ०७:३२

असोज २८, तनहुँ । चाडपर्व नजिकिएसँगै जिल्लाको विकट गाउँबाट सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ । 

पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो वर्ष दमौली बजार सुनसान देखिएको किसान बताउँछन् । विगतमा दशैं आउनुभन्दा अघि नै खसीबोका खरिदबिक्रीका लागि भीड लाग्ने दमौली बजार यो वर्ष भने सुनसान देखिएको ऋषिङ गाउँपालिका–४ भिरकोटका किसान निमबहादुर सुनारले बताउनुभयो । 

गत वर्षको दशैँमा खसीबोका बेचेर राम्रो आम्दानी गरेका सुनारले यसपाली बिक्री नभएको बताउनुभयो । “यो समय सबैभन्दा धेरै खसीबोका बिक्री हुने बेला हो”, उहाँले भन्नुभयो, “बिक्री नहुँदा पशुपालन किसान चिन्तित भएका छन् ।” विगतका वर्षमा खसीबोका किन्ने मान्छे गाउँमै पुग्ने गरे पनि यो वर्ष बिक्री नभएर शहर झारियो तैपनि किनबेच शून्य जस्तै रहेको खसीबोका व्यवसायी कृष्णबहादुर रानाभाटले बताउनुभयो । 

कोरोना भाइरसले गर्दा बजारमा चहलपहलमा कमी आउनुका साथै आम्दानी पनि कम भएकाले खसीबोका बिक्री हुन नसकेको अनुमान किसानको छ । ब्यास नगरपालिकाको कार्यालयले खसीबोका बिक्रीस्थलका लागि दमौलीस्थित पुरानो प्रशासन कार्यालयमा व्यवस्था मिलाइदिएको छ । उक्त स्थानमा दैनिक एक दर्जन बढी किसान तथा व्यवसायीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन् । गत वर्ष तनहुँमा रु सात लाखको बिक्री गरे पनि यो वर्ष ५० प्रतिशत कममा झर्ने अनुमान गरिएको किसान बताउँछन् ।  

कोभिड–१९ कारण होटल, रेष्टुरेन्ट बन्द हुनु, भोजभतेर नहुनु, होमस्टेलगायत पर्यटन क्षेत्र ठप्प हुनुलगायत कारणले मासु खपत घट्दा यो समस्या आएको हुनसक्ने तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले बताउनुभयो । आम्दानी कम भएकाले दिनदिनै र हप्तैपिच्छे मासु खाने पनि खर्च कटाउन थालेकाले मासु व्यवसाय प्रभावित भएको हुन सक्ने उहाँको भनाइ छ । 

मासु व्यवसायी खुशी :

किसानलाई खसीबोका बिक्री नभएर समस्या परे पनि दमौली बजारमा मासुको व्यवसाय गर्नेलाई भने फाइदा पुगेको छ । गाउँकै मूल्यमा बजारमा खसीबोका खरिद गर्न पाउँदा सजिलो भएको दमौलीका मासु व्यवसायीको भनाइ छ । 

आफुले चाहेको मूल्यमा यही नै खसीबोका पाउन थालेपछि सो कार्यका लागि गाउँ जान छाडेको दमौलीस्थित केसी मासु पसलका सञ्चालक कृष्ण केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “खसीबोका खोज्न गाउँ–गाउँ डुल्नुपथ्र्यो । अहिले किसानले पसलमै गाउँको मूल्यमा ल्याइदिएपछि व्यवसाय सञ्चालनमा सहज भएको छ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा