४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठेकेदार सम्पर्कविहीन, बत्ती बाल्ने आशमा बित्यो तीन वर्ष

२९ आश्विन २०७७, बिहीबार ०८:०२

असोज २९, सिमकोट ।  हुम्लाको सिमकोट गाउँपालिका वडा नं ८ स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ ।  लामो समयदेखि ठेकेदारको चरम लापरवाहीका कारण हालसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँका २४७  घरधुरी अन्धकारमा बस्न बाध्य छन् । 

बिजुली बाल्ने बहानामा ठेकेदार तेजबहादुर महतले स्थानीयवासीलाई बिजुलीका खम्बा बोकाएर ज्याला भने हालसम्म नदिएको  वडाध्यक्ष चक्र बुढाले बताउनुभयो । गाउँ नजीकको अर्काे गाउँ माजसम्म  बिजुलीका ३५ खम्बा पुगेको र ठेकेदार महतले जम्मा रु ८०  हजार निकासा दिई बाँकी नदिएर सम्पर्कमा नआएको जनाइएको छ  । 

गाउँमा बत्ती बाल्नका लागि वडा नं ८ स्याँडा कार्यालयले रु आठ लाख छुट्टयाएको भए तापनि  सदुपयोग नभएर खेर गएको छ ।  कार्यालयले गाउँबासीलाई निशुल्क मिटरबक्स दिनका लागि रु आठ लाख छुट्याए पनि रु चार लाख खम्बामा खर्च भएको र रु चार लाख उपभोक्ताका खातामा बाँकी  छ कि खर्च भयो भन्न्े थाहा नभएको वडाध्यक्ष बुढाले बताउनुभयो । 

विसं २०७४ मा हिल्दुम साना जलविद्युत् आयोजना बिजुली पुर्याउने प्रक्रियामा लागे तापनि तीन वर्ष बितिसक्दा पनि बिजुली नबलेको स्थानीयवासीले गुनासो गरेका छन् । विसं २०७५ मा पूर्वगाविस सचिवको कार्यकालमा स्याँडा गाउँलाई बत्ती बाल्ने भनेर रकम  छुट्याइए पनि ठेक्काको जिम्मा लिएका ठेकेदारले काम पूरा गर्न नसकेको स्थानीयवासीले बताका छन् । 

दुवै क्षेत्रबाट सो रकम उपलब्ध नहुँदा सोही गाउँका ज्याला मजदूरी गर्ने व्यक्तिले सो रकम नपाएको स्थानीयवासी किरण बुढाले गुनासो गर्नुभयो ।  स्थानीय बुढाका अनुसार त्यतिबेला सिमकोटको लाक्नाबाट १२ स्थानीयवासीले २० खम्बा बोेकेर गाउँ पुर्याएका थिए । “ठेकेदारको चरम लापरवाहीका कारण गाउँमा नत बत्ती बल्न सक्यो, न त काम गरेको ज्याला नै पाइयो”, किरणले भन्नुभयो । 

बेलाबेलामा ठेकेदारलाई सम्पर्क गर्न खोज्दा ठेकेदारले फोन रिसिभ नगरेको उहाँको गुनासो छ । अहिले स्याँडा गाउँ बत्ती नबल्दा अन्धकारमय बनेको छ । खम्बा ओसारेका १२  कामदारले करीब रु  पाँच लाख बराबर  ज्याला पनि पाएका छैनन् । यतिखेर सो ठाउँका लागि राखिएका तार र खम्बा पनि बीचैमा लथालिङ्ग  छन् ।

सम्बन्धित ठेकेदारलाई पुनः एक पटक अनुरोध गर्ने तर नमानेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजूरी दिइने किरणले चेतावनी दिनुभयो । यस विषयमा कुरा गर्न खोज्दा ठेकेदार महतसँग सम्पर्क हुन सकेन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ