२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामेछापमा आन्तरिक राजस्व कार्यालयको शाखा

२०७७, २९ आश्विन बिहीबार ०९:१५

असोज २९, रामेछाप। जिल्ला सदरमुकाम मन्थलीमा आन्तरिक राजस्व कार्यालयको शाखा सञ्चालन भएपछि यसअघि काभ्रेको धुलिखेलबाट सेवा लिनपर्ने रामेछापवासीको बाध्यता हटेको छ । जिल्लामा शाखा कार्यालय सञ्चालन भएपछि करिब पाँच हजार ७०० करदातालाई १०० किलोमिटरको यात्रा गरेर आन्तरिक राजस्व कार्यालय धुलिखेल जानु नपर्ने भएको छ ।

करदाता सेवा कार्यालय रामेछापका प्रमुख तुलसीराम पन्थलीका अनुसार जिल्लाबाट सेवा शुरु भएसँगै करदाता सङ्ख्या थपिने र साना व्यवसायी पनि करको दायरामा आउने हुँदा अर्काे वर्ष करदाता हजार नाघ्ने आनुमान गरिएको छ । 

उद्योग वाणिज्य सङ्घ रामेछापका अध्यक्ष केशव घिमिरेले राजस्व तिर्नका लागि रामेछाप उद्योग वाणिज्यको तर्फबाट सबै खाले सहयोग हुने बताउनुभयो । “पहिला पनि राजस्व तिर्नका लागि आवश्यक सहयोग गरेकै थियौँ, अब पनि सबै व्यवसायीलाई करको दायरामा ल्याउन सहयोग गर्छौँ”, उहाँले भन्नुभयो । 

मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले कर तिर्नका लागि धुलिखेल जानुपर्ने बाध्यता हटेको बताउनुभयो । “कार्यालय अब नागरिकको हित हुनेगरी सधैँ सेवामा समर्पित हुनुपर्छ”, उहाँले भन्नुभयो । राजस्व कार्यालय सञ्चालनाम आएसँगै व्यक्तिगत पान, व्यवसायिक पान, भ्याट, रजिष्टे«शन गर्ने, व्यवसाय दर्ता, खारेज, करचुक्ता प्रमाणपत्र प्रदान गर्ने, कर विवरण, आय विवरण, अन्तःशुल्क, विवरण बुझाउनेलगायतका सेवा लिन जिल्ला बाहिर जानु पर्दैन । रा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा