१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामेछापमा आन्तरिक राजस्व कार्यालयको शाखा

२९ आश्विन २०७७, बिहीबार ०९:१५

असोज २९, रामेछाप। जिल्ला सदरमुकाम मन्थलीमा आन्तरिक राजस्व कार्यालयको शाखा सञ्चालन भएपछि यसअघि काभ्रेको धुलिखेलबाट सेवा लिनपर्ने रामेछापवासीको बाध्यता हटेको छ । जिल्लामा शाखा कार्यालय सञ्चालन भएपछि करिब पाँच हजार ७०० करदातालाई १०० किलोमिटरको यात्रा गरेर आन्तरिक राजस्व कार्यालय धुलिखेल जानु नपर्ने भएको छ ।

करदाता सेवा कार्यालय रामेछापका प्रमुख तुलसीराम पन्थलीका अनुसार जिल्लाबाट सेवा शुरु भएसँगै करदाता सङ्ख्या थपिने र साना व्यवसायी पनि करको दायरामा आउने हुँदा अर्काे वर्ष करदाता हजार नाघ्ने आनुमान गरिएको छ । 

उद्योग वाणिज्य सङ्घ रामेछापका अध्यक्ष केशव घिमिरेले राजस्व तिर्नका लागि रामेछाप उद्योग वाणिज्यको तर्फबाट सबै खाले सहयोग हुने बताउनुभयो । “पहिला पनि राजस्व तिर्नका लागि आवश्यक सहयोग गरेकै थियौँ, अब पनि सबै व्यवसायीलाई करको दायरामा ल्याउन सहयोग गर्छौँ”, उहाँले भन्नुभयो । 

मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले कर तिर्नका लागि धुलिखेल जानुपर्ने बाध्यता हटेको बताउनुभयो । “कार्यालय अब नागरिकको हित हुनेगरी सधैँ सेवामा समर्पित हुनुपर्छ”, उहाँले भन्नुभयो । राजस्व कार्यालय सञ्चालनाम आएसँगै व्यक्तिगत पान, व्यवसायिक पान, भ्याट, रजिष्टे«शन गर्ने, व्यवसाय दर्ता, खारेज, करचुक्ता प्रमाणपत्र प्रदान गर्ने, कर विवरण, आय विवरण, अन्तःशुल्क, विवरण बुझाउनेलगायतका सेवा लिन जिल्ला बाहिर जानु पर्दैन । रा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो