३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

२९ आश्विन २०७७, बिहीबार ०९:१७

दिलकुमार लिम्बू । असोज २९, फुङलिङ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनामार्फत ताप्लेजुङको दुर्गम गाउँमा वित्तीय संस्था पुग्न थालेकाले साहूबाट चर्को ब्यजदरमा ऋण लिने चलन अहिले हट्दै गएको छ । 

विसं २०६१ मंसिर महिनामा विवाहका लागि ३६ प्रतिशत ब्याजदरमा साहूबाट रू. ६० हजार ऋण लिनुभएका  बिर्खबहदुर लिम्बूले ऋण तिर्न नसक्दा विदेशीनु पर्यो । त्यस्तै तिरैतो खेती गर्न साहूबाट त्यत्तीकै व्याजदरमा रू चार लाख ऋण लिनुभएका केरसिंङ लिम्बूलाई  ऋण चुक्ता गर्न तीन वर्ष लाग्यो ।  

केही वर्ष अघिसम्म घर खर्च चलाउन साहू–माहाजनकहाँ रक्सी, मासुलगायत कासेली बोकेर चर्को व्याजदरमा ऋण माग्न जानुपथ्र्यो । बैंक तथा वित्तीय संस्थामा  पहँुच पुग्ने ती साहू–महाजनले त्यहीबाट सस्तो ब्याजदरमा ऋण लिएर गाउँमा चर्को ब्याजदरमा ऋण दिलाउने गरेकोे फक्तुङलुङ गाउँपालिका–६ का  श्याम लिम्बूले बताउनुभयो । साहूले ऋण दिएपछि तिनको  गुलामी बन्नु पर्ने र उनीहरूलाई चित नबुझे प्रहरी प्रसाशन लगाएर दुःखसमेत  दिने प्रचलन अहिले हटदै गएको उहाँको भनाइ थियोे । ती दुबै संस्थाले फक्ताङलुङ र सिरिजंघा गाउँपालिकालाई  कार्यक्षेत्र बनाएर विगत छ वर्षदेखि हिमाली गाउँ बस्तीहरूमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले विभिन्न चार सहकारीमार्फत सुलभ व्याजदरमा कर्जा प्रवाह गरी आय आर्जनका काममा लगाएर बचतसमेत गर्ने बानीको विकास गर्दै आएको उक्त परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताउनुभयो । 

यसरी सञ्चलित सहकारीमध्ये  फक्ताङलुङ गाउँपालिका ५ तापेथोकस्थित  तागेरा बचत तथा ऋण सहकारी संस्थामा २४३ महिला २१५ गरी ४५८ सदस्य, सोही गाउँपालिकाको  वडा नं ६ स्थित  संरक्षण बचत तथा ऋण सहकारीमा २०६ महिला २३२ परूषसहित ४३८ सदस्य र  वडा नं ७ स्थित बालुङ बचत तथा ऋण सहकारीमा ५१ महिला ५३पुरूष गरी जम्मा १०४ सदस्य रहेका छन् भने  सिरिजङघा गाउँपालिकाको वडा नं. ७ स्थित यालुखाङ बहुउदेश्यीय सहकारीमा ८० महिला र ८० पुरूष गरी  १६० सदस्य रहेका  छन् । ती सहकारीले ऋण प्रवाह गर्नाका साथै बचत गर्ने बानीको विकास र व्यापार व्यवसाय संञ्चालनका लागि उत्प्रेरित गर्दै आइरहेका छन्  । 

बित्तीय पहँुचबाट टाढा रहेका  दुर्गम तथा हिमाली क्षेत्रमा बसोबास गर्ने ती समुदायको जिविकोपार्जन, दिगो विकास र अन्य आर्थिक कृयाकलापमा टेवा पु¥याउनका लागि सहकारीमार्फत कार्यक्रम संञ्चालन गर्दै आएको कार्यक्रम संयोजक चङसुले बताउनुभयो । अहिले सहकारीबाट ऋण लिएर युवाहरूले कुखुरा फर्म, कृषी फर्म तथा काठ काटने उपकरण  खरिदलगायतका  व्यपार व्यवसाय  गर्दैआएको स्थनीय कुशल लिम्बूले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ