३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

३० आश्विन २०७७, शुक्रबार ०४:४२

असोज ३०, अमरगढी । कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१ पुईलेक बजारको भाग भासिनुका साथै कालोपत्रे उप्किएको छ ।

सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो । यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीको मेलौली जोड्ने गरी निर्माण भएको छ । सडक कालोपत्रेको पहिलो चरणमा आठ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो । यस सडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः पर्खाल पनि भत्किएका छन् ।

आर्थिक वर्ष २०७४ र ७५ मा पहिलो पटक आठ किलोमिटर सडक कालोपत्रे गर्न  सडक डिभिजन कार्यालयले रु १२ करोड बजेट विनियोजन गरेको थियो । अमरगढी नगरपालिका–७ रातागौनबाट अजयमेरु गाउँपालिका–१ समैजीको बयलडाँगासम्म कालोपत्रे भएको सडकमा करिब डेढ दर्जन पर्खाल छन् । सडक निर्माणकै क्रममा पनि एक दर्जन पर्खाल भासिनुका साथै सडक छेउ छोडी भत्किएका थिए । त्यस बखत पर्खाल पुनः लगाईएका थिए । त्यतिबेला सडक कालोपत्रे गर्ने डडेल्धुराकै स्थानीय निर्माण व्यवसायी केएस कन्ट्रक्सन कार्वाहीमा परेको थियो । सोही निर्माण कम्पनीले अहिले पनि बयलडाँगाभन्दा अगाडि सडक खण्ड र पोखरा–बेलापुर सडक कालोपत्रे गरी रहेको छ ।

सबै ठाँउमा निर्माण कम्पनीले काम गर्न नसक्दा पेटी ठेकेदारको जिम्मा दिईने भएकाले गुणस्तर अनुसारको काम नभएको हुनसक्ने केएस कन्ट्रक्सनका तत्कालिन इञ्चार्ज तथा सब ओभरसेयर जीतबहादुर तामाङले बताउनुभयो  । यस्तै  डडेल्धुरा अस्पतालको भवन निमार्णसमेत ठेक्का पाएको केएस कन्ट्रक्सनले पोखरा, बेलापुर सडक खण्डबाट कमसल ढुङ्गा ल्याइएको र डडेल्धुरा अस्पताल निर्माण गरिरहेको स्थानीयको भानाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ