४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, कति जनाले पाए शेयर ?

३० आश्विन २०७७, शुक्रबार ०५:५३

असोज ३०, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । असोज २१ देखि २५ गतेसम्म निष्कासन तथा बिक्री गरेको सेयरलाई बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले आज बाँडफाँट गरेको हो ।

आवेदकमध्ये २ लाख ७३ हजार जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन्। कम्पनीले सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्री गरेको हो। उक्त सेयरमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

बाँकी रहेको ८ लाख ६३ हजार ५४५ योग्य आवेदकमध्येबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ताको लागि आवेदन परेको थियो। क्यापिटलले उक्त योग्य आवेदनलाई गोलाप्रथाद्धारा बाँडफाँट गरेको छ। आवेदकमध्ये ५ लाख ९० हजार ५४५ जनाको हात खाली भएको छ। कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका हुन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ