१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बर्दिया राष्ट्रिय निकुञ्ज भित्र सफारी खुला

२ कार्तिक २०७७, आईतवार ०७:१४

कार्त्तिक २, बर्दिया । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जङ्गल सफारीका लागि खुला गरिएको छ । 

कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बाह्य तथा आन्तरिक पर्यटकका लागि निकुञ्जक्षेत्र पूर्णरुपमा बन्द गरिएकामा आजदेखि खुला गरिएका कारण ठाकुरद्वारामा चहलपहल पनि बढ्न थालेको छ । 

निश्चित क्षेत्र तोकेर पर्यटकीय गतिविधि सञ्चालन गरेको निकुञ्ज प्रशासनले तोकिएका मार्गमा  मात्रै जङ्गल सफारी र सवारी साधनमा समेत यात्रा गर्न पाउने गरी खुला गरिएको छ ।   सवारी साधनबाट यात्राका लागि भने सिट  क्षमताको बढीमा ६० प्रतिशत मात्र पर्यटक राख्न पाइने र पैदल यात्राका लागि भने एक पटकमा पथप्रदर्शकसहित चार पर्यटक मात्र प्रवेश गर्न पाइने निकुञ्जका सहायक संरक्षण अधिकृत महेश्वरप्रसाद निरौलाले बताउनुभयो । 

यस क्षेत्रमा पर्यटकलाई  लक्षित २९सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालन गरिएका छन् । ती होटल तथा रिसोर्टहरूमा रू। तीन अर्ब ५० करोडभन्दा बढीको लगानी रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो