२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चित्लाङ–थानकोट सडकको स्तरोन्नति शुरु

२०७७, २ कार्तिक आईतवार ०८:४४

कार्त्तिक २, मकवानपुर । मकवानपुरको थाहानगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति  कार्य शुरु भएको छ । 

चन्द्रागिरि नगरपालिका–४ र ७ मा हाल चार किलोमिटर क्षेत्रमा चट्टान फोरी सडकलाई फराकिलो गर्ने काम भइरहेको छ । थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरका अनुसार उक्त सडकमा ढल निर्माणका साथै ग्राभेल हाल्ने काम आगामी वर्षको वैशाखसम्म सम्पन्न हुनेछ । उक्त सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले रु १३ करोड उपलब्ध गराएको छ । 

दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने मगरले बताउनुभयो । चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्ने काम पनि धामाधम भइरहेको छ । केही साताभित्रै कुन्छालदेखि चित्लाङ सम्मको सडकखण्डमा साना सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको मगरले उल्लेख गर्नुभयो ।   

चित्लाङ–थानकोट सडकको स्तरोन्नति गरिएपछि मकवानपुरको हेटौँडा र दामन, पालुङबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत सामग्री ढुवानी गर्न सहज हुने थाहानगरपालिकाका नगरप्रमुख लवशेर विष्टले बताउनुभयो । थानकोट–चित्लाङ सडकखण्डमा दुई दशकअघि कच्ची ट्र्याक खोलेर हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा