२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलाममा विगतमा झै विकेनन् खसी–राँगा

२०७७, २ कार्तिक आईतवार ०९:०७

किरण पौड्याल । कार्त्तिक २, इलाम । विगतका वर्षमा दशैँको एक महिना अगाबै खसी, कुखुरा, राँगाको किनबेच हुन्थ्यो । दशैँका बेला  ब्यापारीहरूको तारान्तार फोन आउनाका साथै उनीहरू  गाउँगाउँमै खसी, बोका, कुखुरा किन्न पुग्थे र  अग्रिम भु्क्तानी छाडेर बजार फर्किन्थे र दशैँ लागेपछि लिन जान्थे ।  बजारमा मासु किन्नेको भीड हुन्थ्यो तर यसवर्ष भने यतिबेलासम्म पनि न व्यावसायीले खसी/राँगा किनेका छन्, न त  मास्ुका लागि ‘अर्डर’ आएको छ । दशैँ लागिसक्दा पनि खसी÷राँगा किनबेच शून्यजस्तै भएको छ ।

बन्दाबन्दी(चैत–असार)मा  सुस्ताएका मासु पसल बन्दाबन्दी हटेपछि चलमलाए पनि गत महिनादेखि फेरी सुस्ताएकामा  दशैँ लागिसक्दा चलमलाउन सकेका छैनन् 

बाहिरी जिल्लामा खसी/बोकाको बिक्री बढेकाले पनि  जिल्लामा व्यापार सुस्ताएको सदरमुकामस्थित माल्दाइ मासु पसलका सञ्चालक टेकबहादुर श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार गाउँगाउँबाट खसी/बोका किनेर काठमाडौँ, विराटनगर(मोरङ), बिर्तामोड(झापा) लगिएकाले जिल्लामा  खसी व्यापार सुस्ताएको हो ।

“किलोका हिसावले खसी बोका किनेर अन्यत्र  लगेपछि व्यापार छैन”, श्रेष्ठ भन्नुहुन्छ,“गएका वर्षको जस्तो दशैँका लागि स्टक राख्ने खसी बोका नै यो वर्ष छैन । कोरोनाले परिवार एकै ठाउँमा भेला हुन नसकेकाले यस वर्ष मासुको ‘अर्डर’ पनि नआएको हुनसक्छ । ” खसी, बोका र राँगाको कारोबारभन्दा अहिले कुखुराको कोरोबार भने केहीबढे पनि विगतका वर्षमा जस्तो कुखुराको मासुको माग  पनि नआएको जिल्ला कुखुरा व्यवसायी सङ्घका अध्यक्ष दिनेश महत बताउनुहुन्छ ।

कुखुराको मासु अधिकांशाले खाने भएपनि यसवर्ष अनुमान गरिएभन्दा निकै कमले किन्न आएको उहाँको भनाइ छ  । “केही हदसम्म त बढेको छ तर सदाजस्तो छैन ।” अध्यक्ष महत भन्नुहुन्छ, “लोकल र ब्रोइलर दुबै कुखुराको  किनबेच सुस्ताएको छ । अहिले किनेको कुखुरा पनि तिहारपछिका लागि हो ।” उहाँका अनुसार जाडो यामका लागि यतिबेलै कुखुराको चल्ला किनबेच हुन्छ  तर जाडो यामका लागि कुखुरा किनेपनि अहिलेका लागि भने खासै कुखुराको किनबेच भएको छैन । अरुबेलाको तुलनामा दशैँमा मासुको कोरोबार झण्डै तेब्बर हुन्थ्यो  ।

मासुजन्य पशु–पन्छी बिक्री हुने  मुख्य याममै कोरोनाको  महामारीले सताएकाले तिनको  कोरोबार नबढेको इलाम नगरपालिका पशु हाट कर सङ्कलक एवं सचिदानन्द सेवा केन्द्रका सञ्चालक रमेश श्रेष्ठ बताउनुहुन्छ ।  “धेरै खसी÷बोका त जिल्ला बाहिर लगेर पनि जिल्लामा कम कारोबार भएको हो” उहाँ भन्नुहुन्छ,“अहिले कोरोनाले परिवार नै तित्तरबित्तर भएर भेला नभएकाले र कतिपयको क्रयशक्ति पनि घटेकाले पनि मासुको  कारोबार नभएको हो । ”जिल्लामा अहिले खसीको मासु प्रतिकिलो रू आठ सयमा र  र  ब्रोइलर कुखुराको मासु प्रतिकिलो रू ३८० देखि चारसयमा किनेबेच भइरहेको छ ।

ब्रोइलरमा बिचौलीयाको मनोमानी 

ब्रोइलर कुखुराको मासु किनबेचमा बिचौलीयाले बढी नाफा लिएको पाइन्छ । अहिले उत्पादकबाट सङ्कलकले प्रतिकिलो ब्रोइलर कुखुरा रू २३० मा किनेर रू २४५ मा फ्रेस हाउसमा बेच्ने गरेका छन् भने फ्रेस हाउसले ब्रोइलरको मासु रू ३८० देखि रू ४०० सम्म लिने गरेका छन् ।

कुखुरा किनेको मूल्यको दोब्बर नाफा लिएर फ्रेस हाउसले मासु बिक्री गरेको देखिन्छ । ठूलो रकम नाफा लिएर बेच्दा पनि फ्रेस हाउस सञ्चालकले मासु बनाउन झन्झट हुने भएकाले बढी रकम लिनु परेको बताउने गरेका छन् ।“ हामीले मासु काट्न धेरै खर्च गर्नुपर्छ ।त्यसैले धेरै रकम लिएको देखिएको हो ।”

जिल्ला कुखुरा व्यवसायी सङ्घका अध्यक्ष दिनेश महत भन्नुहुन्छ, “हामीले प्वाखसहितको कुखुरा किनेर मासु मात्र बेच्नुपर्छ । त्यसैले मासुसमेत घट्नाका साथै काट्नका लागि ग्यास र श्रम लाग्नाले धेरै रकम लिइएको हो ।” रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ