२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टर्यो जिल्ला सदरमुकाम पुग्न तीन जिल्ला घुम्नुपर्ने बाध्यता

७ कार्तिक २०७७, शुक्रबार ०७:५८

पूर्णप्रसाद न्यौपाने | कात्तिक ७, ओखलढुङ्गा | ओखलढुङ्गाको खिजीक्षेत्रका बासिन्दालाई आफ्नै जिल्ला सदरमुकाम पुग्न तीन जिल्ला घुम्नुपर्ने बाध्यता अहिले टरेको छ । खिजीफलाटेबाट श्रीचौरहुँदै सडक जोडिएकाले जिल्ला सदरमुकाम पुग्न अन्य जिल्ला घुम्नु पर्ने बाध्यता अन्त्य भएको हो ।

आफ्नै जिल्लाको सडक विस्तार नहुँदा खिजीदेम्बाका बासिन्दा रामेछापको सदरमुकाम मन्थली, सिन्धुलीको खुर्कोट र उदयपुरको घुर्मी पुगेर ओखलढुङ्गा सदरमुकाम पुग्ने गरेका थिए । यसअघि जन्तरधापबाट सोलुखुम्बुको सिमाना घुमेर भुसिङ्गा र पात्ले हुँदै खिजी फलाटेसम्म सडक जोडिए पनि हिउँदमा हिउँ र वर्षामा पानी पर्दा महिनौंसम्म ती सडक अवरुद्ध हुने समस्या थियो । अहिले श्रीचौरको यलुङखोलादेखि ओखरबोट, हातेबन्से हुँदै खिजीदेम्बाको केन्द्र फलाटे बजार सम्म सडक जोडिएको छ । त्यहाँबाट शाखा सडकहरू पनि खिजीका सबै वडा र टोलमा पुगेका छन् । 

अहिले श्रीचौरबाट जोडिएको सडक सबैभन्दा छोटो र भरपर्दो हुने खिजीदेम्बाका देवकृष्ण खड्काले बताउनुभयो । सदरमुकामसँग सहज सडक पहुँच नहुँदा दुर्गम मानिने गाउँ अब सुगम बन्न थालेको उहाँको भनाइ थियो । “जिल्ला सदरमुकाम पुग्न पहिलेजस्तो अब घुम्न परेन् । छोटो बाटोबाटै छिटै  सदरमुकाम पुगिने भयो ।” उहाँले भन्नुभयो, ‘अनकन्टार ठाउँमा जन्मिएछ जस्तो लाग्थ्यो तर अहिले दुर्गम मानिएको हाम्रो गाउँ अहिले सुगम भएको छ। वर्षौदेखिको आफूहरूको माग र आवश्यकता सम्बोधन भएको भन्दै स्थानीयवासी खुशी भएका छन् । 

यो सडक खुलेसँगै खिजीदेम्वाबाट मोलुङ गाउँपालिका केन्द्र प्राप्चाहुँदै सदरमुकाम ओखलढुङ्गा आइपुग्न अहिलेको कच्ची सडकमा बढीमा पाँच घण्टा लाग्छ । यसअघि पैदल हिँड्दा १८ घण्टाभन्दा बढी लाग्नाका साथै खर्चिलो यात्रा र अन्य जिल्ला घुम्नुपर्ने बाध्यताले  स्थानीयवासीले पैदल मार्ग नै प्रयोग गर्ने गरेका थिए ।

साविकको इलाका नम्बर ६ हालको खिजीदेम्बा गाउँपालिकाका बासिन्दाको सदरमुकाम आवत–जावत गर्ने छोटो दूरीको पैदलमार्गबाटै  अहिले सडक जोडिएको छ । भीर–पहरासहितको भौगोलिक विकटताका कारण त्यस क्षेत्रमा सडक निर्माण गर्ने कसैको योजना थिएन । 

विसं २०७०मा वर्तमान सांसद यज्ञराज सुनुवारले  संविधानसभा सदस्यको उम्मेदवार हुँदा यो सडक निर्माण गर्ने बाचा गर्नुभएको थियो । निर्वाचित भएलगतै खिजीदेम्बाका स्थानीयवासीले देशका सांसदको संख्या जत्तिकै ६०१ मिटर लामो  फूलको मालाले सम्मान गर्दै उहाँलाई खिजीक्षेत्रको समस्याबारे ध्यानाकर्षण गराएका थिए ।

उहाँले सो स्थानमा सडक जोड्न संविधानसभा सदस्य हुँदा खिजी–दोब्रेभञ्ज्याङ जोड्न रू १० लाख, प्रतिनिधिसभामा निर्वाचित भएपछि दोब्रेभञ्ज्याङ–हात्तेबन्से जोड्न रू ५१ लाख, गतवर्ष मोलुङको यलुङखोलादेखि ओखरबोट हुँदै हातेबन्से जोड्न रू ४० लाख र यसवर्ष रू ३५ लाख गरी रू एक करोड ३६ लाख उपलब्ध गराउनुभएको थियो । 

यो सडक निर्माणमा खिजीदेम्बा गाउँपालिका र मोलुङ गाउँपालिकाले पनि साझेदारी गरेका थिए । श्रीचौर–फलाटे सडकखण्डमा करिब ३५ किलोमिटर चट्टान काटिनाका साथै झण्डै ३०० घण्टाभन्दा बढीसमय पहरो फुटाउन ब्रेकर चलाउनु परेको निर्माण उपभोक्ता समितिका पदाधिकारीले बताए ।  

विसं २०७० मा खिजीमा नापी, मालपोत र इलाका प्रशासनजस्ता कार्यालय ल्याउन पहल गर्नाका साथै सिधै सदरमुकामसँग जोड्ने सडक निर्माणमा योगदान पु¥याउनुभएका  सांसद सुनुवारका बाचा अहिले आएर पूरा हुँदै गएको खिजीदेम्बा ४ का वडाध्यक्ष कमल न्यौपानेले बताउनुभयो । उहाँका अनुसार नापी, मालपोत र इलाका प्रशासन सहितका कार्यालय अहिले सञ्चालनमा आइसकेका छन् । गाउँमै सेवा पाएपछि स्थानीयवासीलाई पनि ठूलै राहत मिलेको वडा अध्यक्ष न्यौपानेको भनाइ थियो । 

सांसद सुनुवारको पहलले जिल्लाका दुर्गम गाउँको मुहार फेरिएको पात्लेका पेम्बा शेर्पाले बताउनुभयो । “भन्न त नेताहरूलाई जुन जोगी आएपनि कानै चिरेका भन्छन् तर सुनुवार सांसद निर्वाचित हुनुअघि र पछि गाउँको विकासको तुलना गर्ने हो भने त्यो भनाइ गलत सावित हुन्छ ।”उहाँले भन्नुभयो, “सांसद सुनुवारकै पहलमा पात्लेजस्तो दुर्गम र खिजीजस्तो पछाडि परेको ठाउँमा अहिले सडक पुगेका छन् । अरु विकासका काम पनि गाउँघरमै बढी भइरहेका छन् ।” बाँकी अधुरा आयोजना र अपूरा विकासका कामलाई पूर्णता दिन स्थानीयवासीको माग छ ।

सांसद सुनुवारले आफूले चुनावमा गरेको बाचा पूरा गरेको जानकारी दिनुभयो । सडकको ट्रयाक खोलेर गाउँघरका टोल बस्तीलाई छोटोबाटोबाट सदरमुकाम जोडिएको र  कच्ची सडक स्तरोन्नतिका लागि अब प्राथमिकतामा राखिने उहाँको भनाइ थियो । “बाह्रै महिना चल्ने गरी छोटो बाटो भएर खिजीसम्म सडक जोडिएकाले आफ्नै जिल्ला पुग्न अरुका जिल्ला घुम्नुपर्ने बाध्यता अब हट्यो, अब सडक स्तरोन्नति गरिन्छ ।” सांसद सुनुवारले भन्नुभयो, “समृद्ध ओखलढुङ्गा, सुखी र खुसी ओेखलढुङ्गे बनाउने हाम्रो लक्ष्य अन्तरगतको यो सडक अब यहाँका किसान र मजदूरको जिविकोपार्जनसँग जोडिन्छ ।’ संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र स्थानीय अगुवाहरूको सक्रियताले जिल्लामा विकास निर्माणका काम गर्न सहज भएको उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गयो नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? ‘म्यानपावरले पाउने व्यावहारिक सेवा-शुल्क नतोक्दा आचारसंहिता लागू भएन’