४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड, घिरिङमा प्रहरी चौकी स्थापना

८ कार्तिक २०७७, शनिबार ०७:१८

कात्तिक ८, तनहुँ | तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा रु चार करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म नगरपालिकातर्फ रु तीन करोड १६ लाख ८६ हजार र जग्गा रजिष्ट्रेशन दस्तुरबापत रु ८५ लाख आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको थियो । कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु ६ करोड कम राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा रु १६ करोड ६ लाख ९६ हजार राजश्व सङ्कलनको लक्ष्य थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु १६ करोडको आन्तरिक आम्दानीको लक्ष्य लिएको थियो । आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट रु ९ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाई, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट रु एक करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुई करोड ६४ लाख ६० हजार, दण्ड जरीवानाबाट रु दुई लाख, घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फारम तथा अन्यबाट रु दुई करोड २७ लाख ८० हजार आम्दानी गर्ने लक्ष्य लिएको छ । 

दुई सय  घरमा जस्तापाता 

सुरक्षित नागरिक आवास कार्यक्रममार्फत् नगरपालिकाका २ सय १९ घरमा खरको छाना हटाइने भएको छ । खरको छानो हटाएर जस्तापाताको छानो छाउन नगरपालिकालाई बजेट प्राप्त भएको छ । 

उक्त कार्यका लागि लाभग्राही छनोट गर्ने तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । व्यास नगरपालिका– ५ र ६ का ९५, व्यास नगरपालिका– १ देखि ४ तथा ७ देखि १४ सम्मका वडाका २ सय १९ कच्ची घरमा छाना छाउनका लागि प्रति घर रु ५० हजारका दरले रकम प्राप्त भएको छ । “खरको छानो भएका लाभग्राही छनोटका लागि दश दिनको म्याद राखेर सूचना प्रकाशित गर्ने तयारी गरेका छौँ,” उहाँले भन्नुभयो ।

घिरिङमा प्रहरी चौकी स्थापना

घिरिङ गाउँपालिका १ पुट्टारमा प्रहरी चौकी स्थापना गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशको सीमाना पुट्टारमा प्रहरी चौकी स्थापना भएपछि स्थानीयवासी खुशी भएका छन् ।

घिरङ गाउँपालिकाले मासिक रु आठ हजार तिर्ने गरी भाडाको घरमा प्रहरी चौकी राखेको थियो । प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार १५ जनाको दरबन्दी रहेको उक्त चौकीमा हाल प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच प्रहरी कार्यरत छन् । चौकीको भवन निर्माणका लागि डुम्रेघाट र फूलबारीघाटमा जग्गा उपलब्ध गराउन पहल भइरहेको वडाध्यक्ष गङ्गा कुमालले बताउनुभयो । पुट्टार गण्डकी प्रदेशको नवलपुर र स्याङ्जासँगै लुम्बिनीको पाल्पासँग जोडिएको छ । पुट्टारसँगै घिरिङ गाउँपालिकाको पोखरीछाप र गजरकोटमा समेत प्रहरी चौकी छ । तनहुँका आठ स्थानमा इलाका प्रहरी कार्यालय, १७ स्थानमा प्रहरी चौकी तथा तीन स्थानमा अस्थायी प्रहरी पोष्ट रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ