२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फेदीखोला गाउँपालिकाद्वारा ‘मजदूर सञ्चयकोष’ स्थापना

२०७७, १४ कार्तिक शुक्रबार १४:११

कातिक १४, वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ । पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोषमार्फत रकम उपलब्ध गराईने भएको हो । गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष कार्यविधि, २०७७ पारित गरी लागू गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

“ दैनिक रु ८०० देखि एक हजार ५०० सम्म आम्दानी गरे तापनि बचत गर्ने बानीको विकास नभएकै कारण श्रमिक वर्ग अप्ठ्यारोमा पर्ने गरेका छन्”, अध्यक्ष सुवेदीले भन्नुभयो, “जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो परेका बेला कोही पनि नहुने अवस्था आउने भएकाले बचतमा जोड दिनका लागि सो सञ्चयकोषको स्थापना गरिएको हो ।”

सञ्चय कोषका लागि पालिकाभित्रका १८ देखि ५९ वर्ष उमेर समूहका ज्याला मजदूरी गर्ने विपन्न मजदूरलाई लक्षित गरी सो सञ्चयकोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । गाउँपालिकाले पालिकाभित्रका विपन्न मजदूरहरुलाई आ–आफ्नो वडामा सूचीकृत हुन सूचना जारी गरेको छ । पालिकाले चालु आर्थिक वर्षमा सार्वजनिक विकास निर्माणका काममा मजदूरलाई संलग्न गराई उनीहरुको नाममा बैंकमा खाता खोल्ने र सोही खातामा उनीहरुको ज्याला रकमबाट १५ प्रतिशत र पालिकाबाट १५ प्रतिशत सञ्चय कोषमा जम्मा गरिदिने व्यवस्था मिलाइएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

नेपाल सरकारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्राप्त भएको रु ५१ लाख रकमबाट पालिकामा सूचीकृत भएका विपन्न ज्यालादारीहरुलाई रोजगारीसहित सञ्चयकोषमार्फत रकम उपलब्ध गराइने भएको पालिकाका रोजगार सेवा केन्द्रका प्राविधिक सहायक युवराज पौडेलले बताउनुभयो । “पालिकाभित्रका ज्याला मजदूरी गर्ने सूचीकृत भएका विपन्नलाई मात्रै यस कार्यविधिभित्र समावेश गरिने छ”, पौडेलले भन्नुभयो, “जसले गर्दा यहीँका मजदूरले विकास निर्माणका कार्यमा सहभागी हुनेछन् र बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।” सञ्चयकोषमा जम्मा भएको रकम एक वर्षपछि मात्रै निकाल्न सकिने व्यवस्था रहेको छ । सम्बन्धित वडाध्यक्षको सिफारिसमा दीर्घरोगी भएको खण्डमा, घर बनाउनुपर्ने देखिएमा, छोराछोरीको शिक्षा, स्वास्थ्य र व्यवसाय सञ्चालनका लागि उनीहरुले सञ्चयकोषबाट रकम निकाल्न सक्ने पौडेलले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो