उहाँले कुनै पनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर विसर्जन गर्न मिल्ने गरी काम गर्न ठेकेदार क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उहाँले कुनै पनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर विसर्जन गर्न मिल्ने गरी काम गर्न ठेकेदार क"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बञ्चरेडाँडामा एक महिनाभित्र फोहोर व्यवस्थापन गराउन निर्देशन

१५ कार्तिक २०७७, शनिबार १४:३५

कात्तिक १५, काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सकाउन निर्देशन दिनुभएको छ । उहाँले कुनै पनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर विसर्जन गर्न मिल्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । । सो स्थलको शुक्रबार निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई कामको जिम्मेवारी पाएको लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले आगामी मङ्सिर १ गतेदेखि काठमाडौँ र ललितपुरको फोहोर विसर्जन गर्न मिल्ने गरी काम भइरहेको अवगत गराउनुभएको थियो । 


कूल एक हजार ७ सय ९२ रोपनी जग्गा रहेको सो क्षेत्रमा अहिलेसम्म ल्याण्डफिल साइट जाने बाटाको निर्माण, डाँडा कटान, बाँध निर्माण, रातोमाटो बिच्छ्याउने काम, ग्याबिङ पर्खाल निर्माण र दुई भवन निर्माण सम्पन्न भएका छन् । अब फोहोर विसर्जन गर्ने स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न बाँकी  छ ।

मन्त्रीका साथ मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक पद्मकुमार मैनालीसहितको टोली निरीक्षणमा पुगेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो