१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी लोकमार्ग : पानीपर्दा हिलाम्मे, घामलाग्दा धुलाम्मे

१६ कार्तिक २०७७, आईतवार १०:०५

कार्त्तिक १६, गलकोट । कालोपत्र हुन नसकेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड के बर्सात, के हिउँद यात्रुलाई  सधै उस्तै सास्ती रहेको छ । बर्खामा हिलाम्मे लोकमार्ग हिउँद लाग्नासाथ धुलाम्मे भएको छ । बर्खामा हिलोका कारण सास्ती खेप्दै आएको यात्रुले हिउँदमा धुलोका कारण सास्ती खेप्दै आएका छन् । 

ट्र्याक खोलेको २० वर्ष बितिसक्दासमेत कालोपत्र हुन नसक्दा  लोकमार्गको बिजोक भएको छ । बर्खामा पानीले गराएका खाल्टाखुल्टीसमेत नपुर्दा हिउँदमा धुलोसँगै यात्रा गर्न कठिन भएको छ भने धुलोले लोकमार्ग क्षेत्रका स्थानीयसमेतले सास्ती खेप्दै आएको बागलुङ नगरपालिका–३ खहरे निवासी  जङ्गबहादुर कार्कीले गुनासो गर्नुभयो । “घरअगाडि राष्ट्रिय गौरवको आयोजनाको सडक हुँदा गर्व लाग्नुपर्ने हो”, उहाँले भन्नुभयो, “सडक आएको २० वर्ष नाघ्यो कालोपत्र हुने भनेको समेत १० वर्ष बित्न थाल्यो, बर्खामा हिलोले टेक्नै नमिल्ने हुन्छ, अहिले धुलो उठेर घर नदेखिने हुन्छ, कति समय सडकमा पानी छर्केर बस्ने हो ।”बर्सातका कारण सडक हिलाम्मे भइरहने मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड हिलाम्य र अहिले धुलाम्मे हुँदा यात्रुले सास्ती खेप्न बाध्य भएका हुन् । 

समयमा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको अधिकांश भाग कालोपत्र भइसक्दासमेत सुगम मानिने जिल्ला सदरमुकाम नजिकै लोकमार्ग अलपत्र अवस्थामा छ । बर्सातभर हिलाम्मे भएर सडक अवरुद्ध हुने समस्या भोगेका यात्रुले हिउँदको समयमा सडक छेउमा थुपारिएका माटोसहितको ग्राभेलका कारण धुलाम्मे भएर सास्ती खेप्नुपरेको यात्रु कुवीरबहादुर क्षेत्रीले बताउनुभयो ।

जिल्ला सदरमुकामसँग जोडिएको घोडाबाँधेसम्मको २५ किलोमिटर सडक ठेकेदारको चरम लापरर्बाहीका कारण कालोपत्र नहुँदा हिउँदको समय समेतमा सास्ती खेप्नु परेको हो । निर्माण सुरु भएको दुई दशक बितिसक्दासमेत ग्राभेलको काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने यात्रु तथा सवारी चालक बताउँछन् । पछिल्लो समय अक्षेते–घोडाबाँधे खण्डमा कालोपत्र गर्नका लागि सामान्य काम भए पनि तल्लो खण्डले तीव्रता पाउन सकेको छैन । 

पूर्व–पश्चिम जोड्ने पहाडी मार्गका रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको २०७६ कात्तिक मसान्तसम्म काम सम्पन्न गर्ने गरी २०७३ सालमा सम्झौता भएको थियो । सो अवधिमा सम्पन्न नभएपछि ठेकेदारले पहुँचको भरमा पटक–पटक म्याद थप गर्दै आएको छ । ठेकेदारको लापरवाही र सरोकारवाला निकायको उदासीनताका कारण पनि समयमा काम नभएको भन्दै जनाउँदै स्थानीयवासीले आक्रोश व्यक्त गर्दै आएका छन् । 

बुर्तिबाङबाट ६७ किलोमिटर सडक दुई घण्टामा पार गरेर घोडाबाँधे आएका सवारीलाई त्यहाँबाट २५ किलोमिटरको दूरीमा रहेको सदरमुकाम आउन अहिले दुई घण्टा बढी लाग्ने गरेको चालक सनबहादुर रोकाले बताउनुभयो । “सडक जीर्ण र धुलाम्मे छ, बर्खामा परेका खाल्टा नपुर्दा सवारी गुडाउनै समस्या छ”, उहाँले भन्नुभयो, “बाटो कालोपत्र नहुँदा दैनिकजसो सवारी बिग्रने गर्दछ, यात्रुलाई भनेको समयमा पुर्याउनै सकिँदैन ।” बर्खायाममा सडक तल र माथिबाट पहिरो जाने, सडकमा ठूला–ठूला खाल्टा पर्ने र हिउँदमा पहिराले पारेको समस्या र खाल्टाखुल्टीका कारण सास्ती भएको हो । 

पटक–पटक आयोजना, ठेकेदारलाई ध्यानाकर्षण गर्दासमेत लोकमार्ग कालोपत्र हुन नसकेको सांसद डा सूर्य पाठकले बताउनुभयो । “सडकदेखि सदनसम्म कुरा उठाउँदासमेत ठेकेदार नतात्नुको पछाडि केही होला”,उहाँले भन्नुभयो, “ठेकेदारलाई कालोसूचीमा राखेर तत्कालै अर्को टेन्डर गर्न आवश्यक छ ।” अलपत्र बनेको सदरमुकाम बाग्लुङ बजारदेखि बिहूँसम्मको १३ किलोमिटर सडकको जिम्मा सिद्धिसाई कन्स्ट्रक्सन र बिहूँदेखि घोडाबाँधेसम्मको सडकको १२ किलोमिटर सडकको जिम्मा सूर्य कन्स्ट्रक्सनले लिएको छ । अहिले दुवै ठेकेदार कम्पनीका प्रतिनिधि सम्पर्कमा छैनन् । ठेकदारलाई बोलाए काम गर्न नसक्नुको कारणका बारेमा स्पष्टीकरण लिने मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो । कूल एक हजार ७७६ किलोमिटरको यस लोकमार्गको बाग्लुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै