१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल हाइड्रोका लगानीकर्ताको विवादले साधारण सभा स्थगित

१६ कार्तिक २०७७, आईतवार १२:४६

कात्तिक १६, रुपन्देही | बुटवलस्थित नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड(एनएचइ) का लगानीकर्ता सञ्चालकबीचको विवादका कारण तीन वर्षपछि आज आयोजित कम्पनीको १४ औं साधारणसभा स्थगित भएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७४/७५ को चौधौ साधारण सभा आज बुटवलमा आयोजना गरिएको थियो । यसअघि कम्पनीको सबैभन्दा ठुलो लगानीकर्ता मध्येको बुटवल पावर कम्पनीले एनएचइका सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कम्पनी सचिवसमेत लाई विपक्षि बनाइ २०७५ भदौ २० गते कम्पनी ऐन बमोजिम सजाय गरी पाउ भनि अदालतमा उजुरिपत्र र मुद्धा दायर गरेकाले कम्पनीको विगत तीन आर्थिक वर्षदेखि साधारण सभा हुन सकेको थिएन । 

उक्त उजुरीपत्र तथा मुद्धा दायर गर्ने पक्षले आफ्नो माग दाबी छाडेर दुवै पक्षबिच सहमति भएपछि २०७६ पुस १६ गते मिलापत्र भएपछि कम्पनीको आन्तरिक लेखापरिक्षण पश्चात असोज १२ गतेको सञ्चालक समितिको बैठकले आजका लागि चौधौ साधारण सभा गर्ने निर्णय गरेको थियो । कम्पनीको नियमानुसार आजको साधारण सभामा सञ्चालक समितिका तर्फबाट ५१ प्रतिशत गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । कम्पनीमा सबैभन्दा ठुलो लगानीकर्ता बुटवल पावर कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालक समितिका सदस्य नै उपस्थित नहँुदा ५१ प्रतिशत नपुगेको हो । 

उक्त कम्पनीको एनएचइमा ५१ प्रतिशत लगानी रहेको छ । यस्तै नर्वेजियन कम्पनी आइकेएनआइको ४७ प्रतिशत, हिमाल हाइड्रो पावर र बुटवल टेक्नीकल इन्टिच्युटको एक/एक प्रतिशत शेयर लगानी रहेको कम्पनी सचिव होमबहादुर रावत क्षत्रीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो