१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा पाँच अंकको गिरावट

१६ कार्तिक २०७७, आईतवार १२:४७

कात्तिक १६, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ४.७२ विन्दुले घटेर एक हजार ६४०.९५ मा ओर्लेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक १.४१ ले घटेर ३२६.६३ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कूल १९६ कम्पनीको एक करोड ६ लाख २६ हजार ५१४ कित्ता शेयर रु दुई अर्ब ९३ करोड नौ लाख ३९ हजार ७ मूल्यमा खरीदबिक्री भए ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो तथा सात उपसमूहको शेयर ओरालो लागेका छन् । व्यापार २४.३७, जलविद्युत् १९.३१, निर्जीवन बीमा १०.४५, अन्य ५.३६ र लघुवित्त २९.४१ विन्दुले बढेका छन् । यस्तै बैंकिङ १४.५५, होटल १५.२९, विकास बैंक ६.९८, वित्त २.१८, उत्पादन १५.२१, जीवन बीमा ७.४५ र सामूहिक लगानी कोष ०.०१ ले ओरालो लागेका छन् ।

कारोबारका आधारमा आज शिवश्री हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २३ करोड २७ लाख ७२ हजार ९२५ बराबरको कारोबार भयो । यस्तै अपी पावर कम्पनी रु १६ करोड ८७ लाख ६० हजार ४९६, प्राइम बैंक रु १५ करोड ६८ लाख ८६ हजार ६९४, एचआइडिसिएल रु १२ करोड २४ लाख ४९ हजार ९३८, एनआइसी एशिया बैंक रु १० करोड ७७ लाख ४६ हजार ६८०, सानिमा बैंक रु १० करोड ६३ हजार र नेपाल बैंक रु नौ करोड तीन लाख ९६ हजार ३९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज विशाल बजार कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी नेपाल फाइनान्सका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाउँदा शिवश्री हाइड्रोपावर ९.८५, एचआइडिसिएल ९.७६, नेरुडे लघुवित्त ९.५६, रैराङ हाइड्रोपावर ६ र अपी पावर कम्पनीका लगानीकर्ताले ५.७३ प्रतिशतले कमाए । त्यस्तै सानिमा इक्विटी फण्ड ५.३०, स्टयाण्डर्ड बैंक ३.९५, जनरल इन्स्योरेन्स कम्पनी ३.७३, कर्णाली डेभलपमेन्ट बैंक ३.४०, सनराइज बैंक ३.३५, सेन्ट्रल फाइनान्स २.९१ र नेपाल हाइड्रोका लगानीकर्ताले २.७१ प्रतिशतले गुमाए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो