कात्तिक १६, दोलखा | दोलखाको वैत्यश्वर गाउँपालिकाले जनयुद्ध र जनआन्दोलनमा शहाद प्राप्त गर्ने व्यक्तित्वको सम्झनामा शहीद पार्क निर्माण गर्ने भएको छ ।
पर्यटकको आषर्कणको केन्द्रका रुपमा रहेको सो गाउँपालिकाको केन्द्र रहेको पाँडुडाँडालाई स्थापित गर्न गाउँपालिकाले शहीद पार्क निर्माण कार्य अघि बढाएको पालिकाका उपाध्यक्ष रवीचन्द्र आचार्यले बताउनुभयो ।
चालु आव २०७६/०७७मा गाउँपालिकाको रु पाँच लाख र यस वर्ष प्रदेश सरकारको रु २५ लाखमा शहीद पार्क निर्माण हुन लागेको हो ।
वैतेश्वर गाउँपालिका समुन्द्र सतहदेखि करिब ८८६ मिटरदेखि ३०४७ मिटरसम्मको उचाइमा छ । रासस