२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वेदश तथा विदेशमा रोजगारी गुमाएकाहरुलाई निशुल्क सीपमुलक तालिमको अवसर

२०७७, १७ कार्तिक सोमबार ०८:३५

कात्तिक १७, काठमाडौँ । कोभिड -१९ का कारण स्वेदश तथा विदेशमा रोजगारी गुमाएका व्यक्तिहरुलाई निशुल्क सीपमुलक तालिमको अवसर आएको छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय घरेलु तथा साना उद्योग कार्यालय दमौलीले कार्त्तिक १३ गते एक सूचना जारी गर्दै तालिमका लागि आह्रवान गरेको हो । 

घरेलु तथा साना उद्योग कार्यालयको चालु आ.व. २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कोरोना भाइरसको प्रकोपका कारण रोजगारी/स्वरोजगारी गुम्न गएका व्यक्तिहरु र सीप हासिल गरि उद्यम गर्न चाहने सबै ब्यक्तिहरुलाइ लक्षित गरि सीप विकाश तालिमहरु संचालन हुन लागेको हो । 

प्लम्बिङास्यानिटरी फिटिइ, मोटरसाइकल मर्मत, फ्रिज, एसी, वासिङ्ग मेशिन मर्मत, मोवाइल मर्मत, वेल्डिइ (यील निर्माण), छालाजुता/चप्पलाझोला बनाउने, वाल पेन्टिइ, एल्मुनियम फिटिइ

वायरिङ्, उदयमशिलता विकाश तालिम, ब्युटिपार्लर, कम्प्युटर/ल्यापटप मर्मत, आधारभुत तथा एडभान्स सिलाइकटाई, ढाका बुनाइ तथा एडभान्स ढाका डिजाइनको तालीम दिइने जनाइएको छ  ।

न्युनतम कक्षा आठ उत्तीर्णले सिपमुलक तालीमको लागि आवेदन दिन सक्नेछन्  । तालिमका लागि निर्धारित योग्यता पुगेका इच्छुक व्यक्तिहरुले तपसिल अनुसारका कागजातहरुसहित १५ (पन्ध) दिनभित्र रीतपुर्वकको निवेदन कार्यालयमा पेश गर्नुपर्ने जनाइको छ ।

 कम्प्युटर/ल्यापटप मर्मतको लागि आधारभुत कम्प्युटर तालिम प्राप्त गरेको तथा एडभान्स कोर्सको लागि आधारभुत तालिम प्राप्त गरेको हुनुपर्नेछ । तालिम कार्यक्रम पछि प्रकाशित गरिने जनाइको छ ।

साथै सम्वन्धित स्थानीय तह वा कुनै सामाजिक संस्थाले तालिम माग गरि इच्छुक सहभागीहरुको निवेदन र सम्वन्धित वडा कार्यालयको सिफारिश सहित यस कार्यालयको इ-मेल ठेगाना [email protected] मा पठाउन सकिने जनाइएको छ । तालिम कार्यक्रमहरु सम्भव भएसम्म सम्बन्धित स्थानीय तहमै संचालन हुनेछन् ।

निवेदनको ढांचा 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते