२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मंगलबार सेयर बजार ५ अंकले उकालो

२०७७, १८ कार्तिक मंगलवार १०:४६

कार्तिक १८, काठमाडौँ | सेयर बजारको परिसूचक नेप्से मंगलबार ५ अंकले उकालो लागेको छ |  बैंकिङ र विकास बैंक समूह घटे घटेपनि अरु समूहका कारण नेप्से बढेको छ | आज १९८ कम्पनीको २ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भयो। सेयर कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो। सो कम्पनीको १० करोड रुपैयाँको कारोबार भयो। 

कम्पनीले राम्रो नगद लाभांश घोषणा गर्ने अपेक्षाले लगानीकर्ता सो कम्पनीमा आकर्षित देखिएका हुन्। केही वर्षयता कम्पनीले ४० प्रतिशतभन्दा धेरै नगद लाभांश दिँदै आएको छ।

आज कम्पनीको सेयर मूल्य पनि प्रतिकित्ता २४ रुपैयाँले बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५१ रुपैयाँ पुगेको छ। टेलिकमपछि एनआइसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको कारोबार भयो। त्यस्तै प्राइम कमर्सियल बैंकको ८ करोडको कारोबार भयो। 

समूहगत रुपमा हेर्दा बैंकिङ २ र विकास बैंक समूह १६ अंकले घटे। ब्यापार ५५, होटल १, जलविद्युत ७, फाइनान्स ५, निर्जीवन बीमा १७६, उत्पादन ५, अन्य १४, माइक्रोफाइनान्स ६, जीवन बीमा समूह १४ अंकले बढेको छ। 

विशाल बजार कम्पनी, समिट लघुवित्त र पाँचथर पावरका लगानीकर्ताले सबैभन्दा धेरै मूल्य करिब १० प्रतिशत कमाए। महालक्ष्मी विकास बैंकको मूल्य सबैभन्दा बढी साढे २ प्रतिशत घटेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा