कार्तिक १९, काठमाडौँ | श्रम स्वीकृति लिन आएका सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् | वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाण्डौका गाडी चालक र लेखापढी व्यवसायी आठ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् |
पक्राउ पर्नेमा चालक धनबहादुर तामाङ र लेखापढी व्यवसायीको काम गर्ने रामानन्द चौधरी रहेका छन् | उनीहरुले सेवाग्राहीसँग काम छिटो गरीदिने आठ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो |
उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ |