१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेश पुगेपछि कोरोना पोजेटिभ आए जिम्मेवारी स्वयं यात्रुले लिनुपर्ने

१९ कार्तिक २०७७, बुधबार ११:४६

कार्तिक १९, काठमाण्डौ | नेपालमा कोरोना भाइरसको परिक्षण गर्दा पिसीआर रिपोर्ट नेगेटिभ आएका यात्रुहरुमा विदेश गएपछि पोजेटिभ देखिएको छ | जसका कारण नेपाल एयरलाइन्सले कारवाही बेहेर्नु परेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताएकी छन् |

पछिल्ला केही दिनयता हङकङ, दुबई, नारिता (जापान)लगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा समेत सम्बन्धित गन्तब्यमा पुगेपछि पोजेटिभ देखिएको छ | जसले नेपालमा हुने परीक्षणको विश्वसनीयतामा समेत प्रश्न उठेको छ |

कोरोना संक्रमित ल्याएको भन्दै केहि देशले प्रतिबन्ध लगाएका छन् भने,केहि देशहरुले चेतावनी समेत दिएका छन् | कोरोनाभाइरसका विरामी उक्त ठाउँमा पुगेमा त्यसको दोषी एयरलाइनस हुने र जसका कारण आर्थिक तथा प्रतिष्ठामा क्षेती पुगेको भन्दै एयरलाइन्सले सबैमा सावधानी अपनाउन आग्रह गरेको छ | 

नेपालबाट नेपाल एयरलाइन्सले उडान गर्ने गन्तब्यमा पछिल्लो ७२ घण्टायताको नेगेटिभ पीसीआर रिर्पोट भएमा यात्रा गर्न सकिने प्रावधान छ । तर, त्यसरी रिपोर्ट बोकेर गन्तब्यमा पुगेका यात्रुमा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको एयर्लाइन्सले जनाएको छ |

नेपालबाट नेपाल एयरलाइन्सले उडान गर्ने गन्तब्यमा पछिल्लो ७२ घण्टायताको नेगेटिभ पीसीआर रिर्पोट भएमा यात्रा गर्न सकिने प्रावधान छ । तर, त्यसरी रिपोर्ट बोकेर गन्तब्यमा पुगेका यात्रुमा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ |

पीसीआरको नमुना दिएपछि यात्रुले पनि सावधानी अपनाएर सजग रहन एअरलाइन्सको आग्रह छ । नेपालमा रिपोर्ट नेगेटिभ देखाउने तर अरु देशमा गएर परीक्षण गर्दा पोजेटिभ आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने पनि एअरलाइन्सले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता