१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल प्रहरीले माग्यो ३६० जना कर्मचारी, दरखास्त दिन आह्वान

२१ कार्तिक २०७७, शुक्रबार ०४:४८

कार्तिक २१, काठमाडौँ | नेपाल प्रहरीले ३६० जना कर्मचारी मागेको छ | शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर दरखास्त दिन आह्वान गरेको हो | खुला र समावेशी गरी माली/बगैंचे, भान्छे, हजाम, सिलाइ/बुनाइ, कुचिकार र खेलाडीमा दरखास्त आह्वान गरिएको छ |

९ जना माली/बगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ/बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीमाग गरिएको हो | खेलाडि सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिला/पुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन्।

मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय तोकेको छ |

खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन पाउँछन् भने अरूका लागि ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिन्छ | दरखास्तका लागि एक सय रूपैयाँ राजश्व बुझाउनुपर्नेछ |

साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउँछन्। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने प्रहरीले जानकारी दिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता