१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चिनको अदालतले गर्यो नेपाली बैंकको पक्षमा फैसला

२१ कार्तिक २०७७, शुक्रबार ०९:५६

कार्तिक २१, काठमाडौँ | बैंक अफ काठमाण्डु (बिओके) र हिमालयन बैंकले काउन्टर ग्यारेन्टीवापत फसेको १ अर्ब ४० करोड रुपैयाँ पाउने भएका छन् | चिनको हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट कोर्टले आदेश जारी गरेसंगै दुवै बैंकहरुले उक्त रकम चाइना कन्स्ट्रक्सन बैंकबाट फिर्ता पाउने भएका हुन् |

बैंकका पक्षमा फैसला आएसँगै रकम फिर्ता पठाउनका लागि आजै चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गरिने बैंक अफ काठमाण्डुका सिइओ शोभनदेव पन्तले बताए |

उनका अनुसार बिओकेले ९० करोडको ग्यारेन्टी रकम प्रदान गरेको थियो भने,हिमालयन बैंकको ६६ करोड रुपैयाँ फसेको थियो |

यसअघि मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत नेपालमा हिमालयन तथा बिओकेबाट ग्यारेन्टी रकम प्राप्त गरेको थियो |

बीचमा ठेकेदार कम्पनीले काम छोडेपछि नेपाली बैंकहरुले कम्पनीलाई प्रदान गरिसकेको रकम निश्क्रिय रहँदै आएको थियो | मेलम्चीको काम छाडेपछि ठेकेदार कम्पनीले नेपालका बैंकहरुले फ्रड गरेको भन्दै यहीं झेङझाओ कोर्टमा निवेदन दिएका थिए |

 त्यसपछि सो अदालतले निवेदककै पक्षमा निर्णय गरेको थियो। पछि नेपालका बैंकहरु उच्च अदालत गएका थिए | उच्च अदालतले तल्लो अदालतलाई अन्तर्राष्ट्रिय बैंकिङ पद्धति र चिनीयाँ कानुनअनुरुप नदेखिएको भन्दै निर्णयमाथि पुर्नविचार गर्न आदेश दिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता