१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माछापालन र होटल व्यवसायबाट मनग्य आम्दानी

२२ कार्तिक २०७७, शनिबार ०६:१२

कार्त्तिक २२,  बनेपा । पनौती नगरपालिका–१ मानेदोभानस्थित खानीखोलाका सूर्यबहादुर तामाङले ट्राउट माछापालनसँगै होटल व्यवसायसमेत सञ्चालन गरेर गाउँमा नै मनग्य आम्दानी गर्न थाल्नुभएको छ । बाह्र वर्ष अगाडि गाउँकै एउटा सहकारी संस्थाले शुरु गरेको रेन्बो ट्राउट माछापालन केही वर्षयता आफूले नै वार्षिक रुपमा संस्थालाई रकम तिर्ने गरी भाडामा सञ्चालन गरेको व्यवसायले अहिले राम्रो आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । यसअघि मानेदोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरचना निर्माण गरेर थालनी गरेको रेन्बो ट्राउट माछापालन व्यवसाय घाटामा गएपछि जग्गा धनीसमेत रहनुभएका तामाङलाई नै पाल्नका लागि दुई वर्ष अगाडि जिम्मा दिएको हो । संस्थाले वार्षिक दुई लाख ८० हजार तिर्ने गरी तीन वर्षको लागि सम्झौता गरेर जिम्मा लगाएपछि अहिले तामाङले माछापालन व्यवसायसँगै होटल खोलेर व्यवसाय सञ्चालन गर्नुभएको हो । उहाँको व्यवसाय छोरा बुहारीले सम्हाल्दै आएको उहाँको भनाइ छ । यसअघि सहकारी संस्थालाई वार्षिक २० हजार तिर्ने गरी भाडामा दिएको जग्गाको माछापालन व्यवसाय आफैँले लिए पनि भाडा भने निरन्तर आइरहेको उहाँले बताउनुभयो ।

पहिला सहकारीले कर्मचारी राखेर काम गर्दा घाटा भएको भन्दै आफैले  चलाएको माछापालन व्यवसायले राम्रो फाइदा भएको तामाङले बताउनुभयो । “कुनै दिन कम हुन्छ, कुनै दिन मान्छेहरुको भीड नै हुन्छ”, उहाँले भन्नुभयो, “शनिबार एक लाख बढीको माछा बिक्री हुन्छ ।” प्रति किलो रु एक हजार ३०० मा पोखरीमा आफैँले माछा मारेर खाना पाइन्छ । व्यवसायीको लागि माछाको भुरा लिन भने कहिले तातोपानी त कहिले मेलम्ची पुगेर ल्याउने गरेको उहाँले बताउनुभयो ।

तर यसपटक भने बन्दाबन्दीका कारण माछाको भुरा हाल्न नपाएको उहाँको गुनासो छ । सो ठाउँमा पहिलाकै ६ वटा पोखरी छ भने पछि वाग्मती प्रदेश सरकारबाट रु ६ लाख अनुदान प्राप्त गरेपछि तीन पोखरी थपेर माछापालन व्यवसाय बढाउँदै लगिरहेको उहाँले बताउनुभयो । माछाको बिक्रीसँगै होटल पनि राम्रो सञ्चालन भएपछि अहिले खानीखोलामा आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेको छ । सँगै होटल पनि भएपछि धेरैजसो ग्राहकले माछा किनेर त्यही खाने गरेको  होटल सञ्चालक सुरज तामाङ बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता