२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माछापालन र होटल व्यवसायबाट मनग्य आम्दानी

२०७७, २२ कार्तिक शनिबार ०६:१२

कार्त्तिक २२,  बनेपा । पनौती नगरपालिका–१ मानेदोभानस्थित खानीखोलाका सूर्यबहादुर तामाङले ट्राउट माछापालनसँगै होटल व्यवसायसमेत सञ्चालन गरेर गाउँमा नै मनग्य आम्दानी गर्न थाल्नुभएको छ । बाह्र वर्ष अगाडि गाउँकै एउटा सहकारी संस्थाले शुरु गरेको रेन्बो ट्राउट माछापालन केही वर्षयता आफूले नै वार्षिक रुपमा संस्थालाई रकम तिर्ने गरी भाडामा सञ्चालन गरेको व्यवसायले अहिले राम्रो आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । यसअघि मानेदोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरचना निर्माण गरेर थालनी गरेको रेन्बो ट्राउट माछापालन व्यवसाय घाटामा गएपछि जग्गा धनीसमेत रहनुभएका तामाङलाई नै पाल्नका लागि दुई वर्ष अगाडि जिम्मा दिएको हो । संस्थाले वार्षिक दुई लाख ८० हजार तिर्ने गरी तीन वर्षको लागि सम्झौता गरेर जिम्मा लगाएपछि अहिले तामाङले माछापालन व्यवसायसँगै होटल खोलेर व्यवसाय सञ्चालन गर्नुभएको हो । उहाँको व्यवसाय छोरा बुहारीले सम्हाल्दै आएको उहाँको भनाइ छ । यसअघि सहकारी संस्थालाई वार्षिक २० हजार तिर्ने गरी भाडामा दिएको जग्गाको माछापालन व्यवसाय आफैँले लिए पनि भाडा भने निरन्तर आइरहेको उहाँले बताउनुभयो ।

पहिला सहकारीले कर्मचारी राखेर काम गर्दा घाटा भएको भन्दै आफैले  चलाएको माछापालन व्यवसायले राम्रो फाइदा भएको तामाङले बताउनुभयो । “कुनै दिन कम हुन्छ, कुनै दिन मान्छेहरुको भीड नै हुन्छ”, उहाँले भन्नुभयो, “शनिबार एक लाख बढीको माछा बिक्री हुन्छ ।” प्रति किलो रु एक हजार ३०० मा पोखरीमा आफैँले माछा मारेर खाना पाइन्छ । व्यवसायीको लागि माछाको भुरा लिन भने कहिले तातोपानी त कहिले मेलम्ची पुगेर ल्याउने गरेको उहाँले बताउनुभयो ।

तर यसपटक भने बन्दाबन्दीका कारण माछाको भुरा हाल्न नपाएको उहाँको गुनासो छ । सो ठाउँमा पहिलाकै ६ वटा पोखरी छ भने पछि वाग्मती प्रदेश सरकारबाट रु ६ लाख अनुदान प्राप्त गरेपछि तीन पोखरी थपेर माछापालन व्यवसाय बढाउँदै लगिरहेको उहाँले बताउनुभयो । माछाको बिक्रीसँगै होटल पनि राम्रो सञ्चालन भएपछि अहिले खानीखोलामा आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेको छ । सँगै होटल पनि भएपछि धेरैजसो ग्राहकले माछा किनेर त्यही खाने गरेको  होटल सञ्चालक सुरज तामाङ बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा