१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचखालमा ६ हजार विद्युतपोल फेरिए

२३ कार्तिक २०७७, आईतवार ०४:३९

कात्तिक  २३, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका क्षेत्रमा छ हजार जीर्ण विद्युत्पोल फेरिएका छन् । नगर र नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रबीच गत वर्ष मङ्सिरमा काठका जीर्ण पोल हटाई विद्युत् लाइन सुधार गर्ने सम्झौता भएअनुसार विद्युत्पोल फेरिएको जनाइएको छ ।

पाँचखाल नगर क्षेत्रका आठ हजार जीर्ण पोलमध्ये छ हजार विद्युत्पोल फेरिएको केन्द्र प्रमुख मेघनाथ ढकालले बताउनुभयो । उहाँका अनुसार नगरसँग विद्युत् सुविधाबाट वञ्चित परिवारलाई लाइन विस्तार, जीर्ण पोल तथा विद्युतीय संरचना सुधार गर्ने सम्झौताअनुसार हाल भित्री शाखा लाइनसहित छ हजार पुराना पोल फेरी स्टिल तथा सिमेन्टका विद्युत्पोल फेरिएको हो । “पोल फेरी विद्युत् लाइनको स्तरोन्नतिसमेत गरिरहेका छौँ”, ढकालले भन्नुभयो ।

मुख्य लाइनका ३०० पुराना विद्युत्पोल फरिएको केन्द्रले जनाएको छ । कुनै समय विद्युत् जडानका लागि हरिया रुख र बाँस गाडेर घरघरमा विद्युत् लाइन पुर्याइएकाले हाल जीर्ण भई दुर्घटनाको जोखिमका कारण स्टिल र सिमेन्टका पोल फरिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँचखालमा विद्युत् लाइन स्तरोन्नतिसँगै विद्युत् सुविधाबाट वञ्चित परिवारलाई समेत लाइन विस्तार गर्दैछौँ ।” उहाँका अनुसार २०० विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ ।

केन्द्रअन्तर्गतका चार स्थानीय तहका ७५ प्रतिशत जीर्ण विद्युत्पोल फेर्ने काम सकिएको जनाइएको छ । साथै पाँचखालमा केन्द्र स्थापनापछिको एक वर्षको अवधिमा चार स्थानीय तहमा विद्युत् चोरीमा संलग्न ४०० ग्राहकलाई कारवाही गरिएको छ । कारवाहीबाट रु १८ लाख जरिवाना असुल गरेको केन्द्र प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार ७५० को विद्युत् लाइन काटिएको तथा एक हजार ५०० नयाँ ग्राहक थपिएका छन् ।

ढकालका अनुसार हुकिङ गरी विद्युत् प्रयोग गर्ने र मिटर बाइपास गरेकाको विद्युतीय सामग्री जफत गरिएको थियो । जफत सामग्री लिन आउँदा कुन क्षमतामा विद्युत् अपचलन गरेको हो सोहीअनुसार जरिवाना गरी पठाइने प्रावधान रहेको छ । ाम्रो काम गरेकामा पाँचखाल केन्द्र रनेपालभरबाट उत्कृष्ट शाखाका रूपमा हालै सम्मानितसमेत भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता