२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचखालमा ६ हजार विद्युतपोल फेरिए

२०७७, २३ कार्तिक आईतवार ०४:३९

कात्तिक  २३, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका क्षेत्रमा छ हजार जीर्ण विद्युत्पोल फेरिएका छन् । नगर र नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रबीच गत वर्ष मङ्सिरमा काठका जीर्ण पोल हटाई विद्युत् लाइन सुधार गर्ने सम्झौता भएअनुसार विद्युत्पोल फेरिएको जनाइएको छ ।

पाँचखाल नगर क्षेत्रका आठ हजार जीर्ण पोलमध्ये छ हजार विद्युत्पोल फेरिएको केन्द्र प्रमुख मेघनाथ ढकालले बताउनुभयो । उहाँका अनुसार नगरसँग विद्युत् सुविधाबाट वञ्चित परिवारलाई लाइन विस्तार, जीर्ण पोल तथा विद्युतीय संरचना सुधार गर्ने सम्झौताअनुसार हाल भित्री शाखा लाइनसहित छ हजार पुराना पोल फेरी स्टिल तथा सिमेन्टका विद्युत्पोल फेरिएको हो । “पोल फेरी विद्युत् लाइनको स्तरोन्नतिसमेत गरिरहेका छौँ”, ढकालले भन्नुभयो ।

मुख्य लाइनका ३०० पुराना विद्युत्पोल फरिएको केन्द्रले जनाएको छ । कुनै समय विद्युत् जडानका लागि हरिया रुख र बाँस गाडेर घरघरमा विद्युत् लाइन पुर्याइएकाले हाल जीर्ण भई दुर्घटनाको जोखिमका कारण स्टिल र सिमेन्टका पोल फरिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँचखालमा विद्युत् लाइन स्तरोन्नतिसँगै विद्युत् सुविधाबाट वञ्चित परिवारलाई समेत लाइन विस्तार गर्दैछौँ ।” उहाँका अनुसार २०० विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ ।

केन्द्रअन्तर्गतका चार स्थानीय तहका ७५ प्रतिशत जीर्ण विद्युत्पोल फेर्ने काम सकिएको जनाइएको छ । साथै पाँचखालमा केन्द्र स्थापनापछिको एक वर्षको अवधिमा चार स्थानीय तहमा विद्युत् चोरीमा संलग्न ४०० ग्राहकलाई कारवाही गरिएको छ । कारवाहीबाट रु १८ लाख जरिवाना असुल गरेको केन्द्र प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार ७५० को विद्युत् लाइन काटिएको तथा एक हजार ५०० नयाँ ग्राहक थपिएका छन् ।

ढकालका अनुसार हुकिङ गरी विद्युत् प्रयोग गर्ने र मिटर बाइपास गरेकाको विद्युतीय सामग्री जफत गरिएको थियो । जफत सामग्री लिन आउँदा कुन क्षमतामा विद्युत् अपचलन गरेको हो सोहीअनुसार जरिवाना गरी पठाइने प्रावधान रहेको छ । ाम्रो काम गरेकामा पाँचखाल केन्द्र रनेपालभरबाट उत्कृष्ट शाखाका रूपमा हालै सम्मानितसमेत भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो