२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टेलिफोन र ईन्टरनेटविहिन कनका सुन्दरी गाँउपालिका, सरकारी काम ठप्प

२३ कार्तिक २०७७, आईतवार १०:०६

दान बहादुर बुढा | कार्तिक २३,जुम्ला  | विश्वले सञ्चार क्षेत्रमा निकै फट्को मारिसकेको समयमा नेपाली भाषाको उद्गम स्थालका स्थानिय कनका सुन्दरी गाँउपालिका रहेको कार्यालय स्थान र अन्य दर्जनौ बस्तीमा रहेका स्थानिय बासीहरु टेलिफोन र ईन्टरनेट बिहिन भएका छन् | यता गाँउपालिकाको काम काज गर्न समेत ठप्प भएको छ |

नेपाल टेलिकमले सञ्चार क्षेत्रमा पछिल्लो समयमा राम्रो पहुँच बढाए पनि नेपाली  कनका सुन्दरी गाँउपालिमा भने सञ्चार क्षेत्रको पहुँच छैन | पटक पटक कनका सुन्दरी गाँउपालिका रहेको स्थान र आसपासमा रहेका दजनै बस्तीहरुको लागी टेलिफोन र ईन्टरनेट ब्याबस्थापनको लागी क्षेत्रीय कार्यालय ,केन्द्रीय कार्यालयमा आफै पुगेर टेलिकमका कर्मचारीहरुसंग बसेर मैखीत तथा लेखीत टेलिफोन टावर र ईन्टरनेटको पहल गरेको र हाल सम्म कुनै सुनाई नभएको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय नरबिर रावतले बताएका छन |

यता नेपाल टेलिकमले कनका सुन्दरी गाँउपालिका  वडा नम्बर ६ बिराटमा नेपाल टेलीकमले थ्रिजी सहितको सेवा दिरनेगरि टावर सन्चालन गर्ने भनेर ३ बर्ष पहिला ठेक्का गरेर लाखै मूल्यका सामानहरु ल्याएर अलपत्र पारेका छन । भने, २२ सय ४७ घर परिवारका १३ हजार २ सय १६ जना स्थानिय बासीहरु सञ्चार बिहीन भएका छन । 

कतै घर बाहिर जिल्ला बाहीर गएका आफन्तहरुलाई फोन गर्न परेको डाडाकाडा,रुख चडेर ,२,३घण्टा टाढा गएर फोन सम्र्पक गर्नु परेको छ ईन्टरनेटको सेना कहिले हो भन्दै स्थानिय बासिहरुको गुनासो रहेको छ ।

कनका सुन्दरी गाँउपालिकाको बिराटमा ३ बर्ष पहिला देखी नेपाल टेलिकमले मोवाईन सेवा सहित थ्रिजि सेवाको टावर निमार्णको लागी ल्याएका लाखै मूल्यमा सामान सोलर पाता,ब्याट्रि,सरिया सिमेन्ट अल्पत्र परेर नष्ट भएको छन |

हिजो आज गाई गोरु चराउन जाने स्थानिय बासिहले सोलरको ब्याट्रिबाट मोवाईल चार्ज गर्ने गरेका छन । सबै भन्दा नेपाल टेलिकम र ठेक्कादारहरुको लापरवाईले अहिले सम्म मोवाईलटावर नबनाउदा कनका सुन्दरी गाँउपालिका बासी सबै सञ्चरबाट ठाढा रहेको स्थानिय पदम बुडाको गुनासो रहेको छ । 

कनका सुन्दरी गाँउपालिकामा बस्र्ने स्थानिय सञ्चार बिहिन छन तर गाँउपालिकाको कामकाज गर्न पनि निकै समस्या आएको छ । गाँउपालिका बाट ४,५ वटा पत्रहरु नेपाल टेलिकमलाई पठाईसक्दा  पनि नेपाल टेलिकम कार्यालय र ठेक्कादारको निकै ठूलो लापरवाहीको कारण टोलिफोन टावर बनाउन समस्या आएको हो । 

टेलिफोन टावर लामो सयम सम्म अलपत्र परेको छ । सबै भन्दा ठेकेदार  र नेपाल टेलिककको लापरवाईको कारण पालिकाको काम गर्न निकै समस्या भएको छ । धेरै पटक नेपाल टेलिकमलाई कि पुरानो अलपत्र परेको टावर बनाउने की नयाँ टावरको ब्याबस्था गरिदिनको लागी पहल गाँउपालिकाबाट भैरहेको  कनका सुन्दरी गाँउपालिकाका  प्रमुख प्रशासकिय अधिकृत नैनसिंह बुढाले बताएका छन ।

कनका सुन्दरी गाँउपालिका र गाँउपालिका नजिकै जोडिएको गोठिज्यूला बजारमा पनि टेलिफोन र ईन्टरनेट नहुदा सिंन्जा क्षेत्र,मुगुको रारा घुम्न आउर्ने आन्तरिक तथा बाहिय पर्यटकहरुलाई आफ्न्त र घर परिवारसंग सम्पर्क पनि समस्था रहेको पर्यटकहरुको गुनासो रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान