१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम बढ्यो

२३ कार्तिक २०७७, आईतवार ११:३७

कार्तिक २३,काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९ विन्दुले वृद्धि भई एक हजार ६४८.५८ मा पुगेको छ |

यस्तै, सेन्सेटिभ परिसूचक १.५७ ले वृद्धि भई ३२५.९४ मा पुगेको हो । कूल १९८ कम्पनीको एक करोड आठ लाख ६३ हजार ४५६ कित्ता शेयर रु तीन अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ मा कारोबार भयो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.१६ र विकास बैंक उपसमूह ६.७६ विन्दुले ओरालो लागेको छ । 

यस्तै, व्यापार १०५.१९, होटल २७.७५, जलविद्युत् ३०.५९, वित्त ४.२७, निर्जीवन बीमा १८.७९, उत्पादन १२२.६८, अन्य २८.४५, लघुवित्त १०.८५, जीवन बीमा ८६.९३ र सामूहिक लगानी कोष ०.१५ ले वृद्धि भएको छ । कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड ९२ लाख दुई हजार ४८२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

यस्तै, हिमालयन डिस्टिलरी  १५ करोड ९६ लाख ८१ हजार ६६३, खिबर इन्सुरेन्स कम्पनी १२ करोड ३० लाख ४१ ह्जार ८१४, अपी पावर कम्पनी १२ करोड आठ लाख २० हजार ६०९, बैंक अफ काठमाडौँ १० करोड ४८ लाख २० हजार ६०९, शिवम् सिमेन्ट १० करोड ३५ लाख ४६ हजार ८००  र हिमाल दोलखा हाइड्रोपावर रु नौ करोड ४२ लाख २५ हजार ८४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी ९.९७, साल्ट टे«डिङ कर्पोरेशन ९.९५, दिव्यश्वरी हाइड्रोपावर ९.९२, मिथिला लघुवित्त वित्तीय संस्था ९.९०, युनिभर्सल पावर कम्पनी ९.८६ र सानिमा जनरल इन्सुरेन्स कम्पनीका शेयरधनीले ९.८४ प्रतिशतले कमाए । त्यस्तै, नेपाल फाइनान्स कम्पनी ३.५७, सिभिल लघुवित्त वित्तीय संस्था २.७६, गुराँस लघुवित्त वित्तीय संस्था २.७१, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर २.१२ , सुमिट लघुवित्त वित्तीय संस्था १.६८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १.६२ प्रतिशतले गुमाए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता