२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम बढ्यो

२०७७, २३ कार्तिक आईतवार ११:३७

कार्तिक २३,काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९ विन्दुले वृद्धि भई एक हजार ६४८.५८ मा पुगेको छ |

यस्तै, सेन्सेटिभ परिसूचक १.५७ ले वृद्धि भई ३२५.९४ मा पुगेको हो । कूल १९८ कम्पनीको एक करोड आठ लाख ६३ हजार ४५६ कित्ता शेयर रु तीन अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ मा कारोबार भयो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.१६ र विकास बैंक उपसमूह ६.७६ विन्दुले ओरालो लागेको छ । 

यस्तै, व्यापार १०५.१९, होटल २७.७५, जलविद्युत् ३०.५९, वित्त ४.२७, निर्जीवन बीमा १८.७९, उत्पादन १२२.६८, अन्य २८.४५, लघुवित्त १०.८५, जीवन बीमा ८६.९३ र सामूहिक लगानी कोष ०.१५ ले वृद्धि भएको छ । कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड ९२ लाख दुई हजार ४८२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

यस्तै, हिमालयन डिस्टिलरी  १५ करोड ९६ लाख ८१ हजार ६६३, खिबर इन्सुरेन्स कम्पनी १२ करोड ३० लाख ४१ ह्जार ८१४, अपी पावर कम्पनी १२ करोड आठ लाख २० हजार ६०९, बैंक अफ काठमाडौँ १० करोड ४८ लाख २० हजार ६०९, शिवम् सिमेन्ट १० करोड ३५ लाख ४६ हजार ८००  र हिमाल दोलखा हाइड्रोपावर रु नौ करोड ४२ लाख २५ हजार ८४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी ९.९७, साल्ट टे«डिङ कर्पोरेशन ९.९५, दिव्यश्वरी हाइड्रोपावर ९.९२, मिथिला लघुवित्त वित्तीय संस्था ९.९०, युनिभर्सल पावर कम्पनी ९.८६ र सानिमा जनरल इन्सुरेन्स कम्पनीका शेयरधनीले ९.८४ प्रतिशतले कमाए । त्यस्तै, नेपाल फाइनान्स कम्पनी ३.५७, सिभिल लघुवित्त वित्तीय संस्था २.७६, गुराँस लघुवित्त वित्तीय संस्था २.७१, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर २.१२ , सुमिट लघुवित्त वित्तीय संस्था १.६८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १.६२ प्रतिशतले गुमाए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा