१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समयमा काम पूरा नगर्ने ठेकेदारलाई जरिवाना

२४ कार्तिक २०७७, सोमबार ०८:२३

कात्तिक २४,  वीरगञ्ज । बारा जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसिपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई रु एक करोड ६८ लाख जरिवाना गरेको व्यापारीक मार्ग विस्तार योजना कार्यालय पथलैयाले जनाएको छ ।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालमा निर्माण थालिएको वीरगञ्ज पथलैया २६ किलोमिटर सो सडक खण्डको निर्माण कार्यको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेकाले युनाइटेड विल्डर्सलाई कारवाही स्वरुप उक्त रकम जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी तथा इन्जिनीयर विवेक झाले राससलाई बताउनुभयो । 

पथलैया वीरगञ्ज व्यापारीक मार्ग नामाकरण गरी दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण थालेको थियो । सङ्घीय सरकारको साढे ५ अर्बको लगानीमा सो सडक खण्डको ठेक्का लिएका युनाइटेड विल्डर्सले भुक्तानीसमेत लिएर समयमा काम नगरेकाले उक्त कारवाही गरिएको सूचना अधिकारी झाको भनाइ छ । ठेक्का सम्झौता भई समयमा निर्माण कार्य सम्पन्न नभएपछि चार–चार पटक पुनः म्याद थपिए पनि तोकिएको समयमा काम सम्पन्न नगरेकाले बाध्य भएर सरकारले कारवाही प्रक्रिया अघि बढाएको अर्का इन्जिनीयर सम्पतलाल दासले बताउनुभयो ।

 सो व्यापारिक मार्ग ४ वर्ष अघिनै सम्पन्न हुनुपर्नेमा हालसम्म सम्पन्न हुन नसक्दा वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवसायी प्रभावित हँुदै आएको छ । यता वीरगञ्ज पथलैया सडक खण्डको परवानीपुरसम्म सडक बनाउने ठेक्का पाएका पप्पु कन्स्ट्रक्सनले ठेक्का नम्बर १ अन्तर्गतको काम सम्पन्न नगरी अटेर गरेकाले कारवाही प्रक्रिया अघि बढाएको सो कार्यालयले जनाएको छ । कारवाही प्रक्रिया रोक्नका लागि पप्पुले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा हालेको सो कार्यालयले जनाएको छ ।

“कालोसूचीमा रहेका पप्पु कन्स्ट्रक्सनले आफू पनि काम नगर्ने र अरुलाई पनि काम गर्न दिदैन । राजनीति आढमा बाधा अवरोध खडा गर्ने गरेको छ”, कार्यालयका कर्मचारीको भनाइ छ । सो सडकको निर्माण गर्ने ठेक्का पाएका अन्य ठेकेदार कम्पनीमध्ये केहीले बाटोमा खाल्डाखुल्डी बनाएर अलपत्र छाडेपछि सो सडकमा मालबाहक गाडीलाई आवतजावत गर्नमा कठिनाइ हुनुका साथै धुलो उड्दा यात्रुहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ ।

समग्रमा सो व्यापारिक मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भए पनि बाँकी काम असार मसान्तसम्ममा पूरा नगरे ठेक्का पाएका अन्य ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाउने योजना प्रमुख मनिषकुमार साहले राससलाई बताउनुभयो । बढ्दो सवारी चापलाई मध्यनजर गर्दै उक्त दुई लेन सडकको विस्तार गरी ६ लेनको सडक निर्माण गर्न थालिएको छ । 

यस क्षेत्रमा सबैभन्दा बढी सवारी चाप रहेकाले सो सडकको निर्माण भएपछि औद्योगिक करिडोरमा सवारी साधनको चाप घट्ने तथा उद्योगी व्यापारीलाई आफ्नो सामान ओसारपसार गर्न सजिलो हुने छन् । पथलैयादेखि आइसिपीसम्म दुई खण्डमा निर्माण भइरहेको सो व्यापारिक सडकमा तीन वटा पुल निर्माण भइरहेको छ । सो सडक निर्माणकार्य समयमा सम्पन्न नहुँदा सवारी साधनको चापले दुर्घटना हुने, बाटो हिँडने यात्रुलाई स्वास्थ्यमा प्रतिकूल असर परी श्वासप्रश्वास रोगको शिकार हुने, सडक वारपार गर्न समस्या हुने भएकाले समयमै सडक निर्माण गर्न यस क्षेत्रका बासिन्दाको माग छ । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दश शय्याको अस्पताल भवन धमाधम निर्माण हुँदै मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण