२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगारलाई विषेश कार्यक्रममा समेट्न सकस

२०७७, २६ कार्तिक बुधबार ०५:०९

कात्तिक २६, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोभिड—१९ बाट प्रभावितलाई लक्षित गरी कार्यान्वयन गर्न लागिएको कृषि तथा पशुपक्षी विशेष कार्यक्रममा अपेक्षाभन्दा बढी निवेदन परेपछि सबैलाई सम्बोधन गर्न सकस भएको छ ।

कोभिड—१९ बाट प्रभावित तथा विदेशबाट फर्किएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले प्रकाशित गरिएको सूचनाबमोजिम झण्डै ८२ हजार व्यक्तिले इच्छापत्र पेश गरेपछि कार्यक्रममा सबैलाई सम्बोधन गर्न कठिन हुने देखिएको हो । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी गोकुलप्रसाद बोहराले कृषि तथा पशुपक्षी विशेष कार्यक्रमका लागि चालु आर्थिक वर्षमा छुट्याइएको बजेट आकारको दृष्टिमा इच्छापत्र पेश गर्ने सबैलाई सम्बोधन गर्न कठिनाइ भएको बताउनुभयो ।

मन्त्रालयले यो कार्यक्रम कार्यान्वयनका लागि दुई महिनाअघि सूचना जारी गरेको थियो । “व्यवसाय गर्न आवश्यक पर्ने प्राविधिक उपयुक्ततालगायत सबै पक्षलाई ध्यान दिई स्थलगतरूपमा अध्ययन मूल्याङ्कन गरी छनोट गर्न लागेका छौँ”, बोहराले भन्नुभयो, “बनाइएको मापदण्डका आधारमा छनोट गर्दै जाँदा निवेदक सङ्ख्या घट्न सक्छ ।”

प्रकाशित सूचनाबमोजिम इच्छापत्र पेश गर्नेको सङ्ख्या बढ्दै गएपछि सोही आधारमा मन्त्रालयले मापदण्ड पनि बनाउनु परेको छ । सबै जिल्लास्थित कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्रमार्फत कार्यान्वयन गर्न लागिएको यो कार्यक्रमका लागि छुट्याइएको बजेटको अख्तियारी सम्बन्धित कार्यालयलाई दिइसकिएको सूचना अधिकारी बोहराले बताउनुभयो । 

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले व्यवसाय गर्न इच्छापत्र पेश गरेकालाई प्रमाण खुल्ने थप कागजात पेश गर्न भनिएको र आउने मङ्सिरबाट निवेदकको मूल्याङ्कन  र छनौट गरी कार्यक्रमको सम्झौता गर्ने तयारी भइरहेको बताउनुभयो ।

प्रदेशको राजधानी जिल्ला कैलालीमा मात्र यो कार्यक्रमको कृषितर्फ रु ६० लाख र पशुपक्षीतर्फ रु एक करोड ८० लाख बजेट छुट्याइएकोमा झण्डै १४ हजारको निवेदन परेको छ ।  “कैलालीमा कृषि कार्यक्रमतर्फ एक हजार २५६ व्यक्तिले निवेदन दिनुभएको छ”, कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले भन्नुभयो, “बनाइएको मापदण्ड र बजेट आकारको आधारमा कृषितर्फ जिल्लामा २०० व्यक्ति मात्र समेटिन सक्ने देखिएको छ ।”

कृषि कार्यक्रमअन्तर्गत तरकारी, च्याउ र फलफूल खेती, मौरी पालनका साथै भेडाबाख्रा, गाईभँैसी, माछा, स्थानीय कुखुरा तथा हाँसपालन जस्ता मासुजन्य पक्षीपालन गर्न सकिने जनाइएको छ । तुरन्त आय आर्जन हुने तथा स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमलाई छनोटमा प्रथमिकता दिन लागिएको जनाइएको छ  । 

प्रदेशभरि झण्डै नौ हजार परिवारलाई स्वरोजगार बनाउने लक्ष्य लिइएको यो कार्यक्रमका लागि प्रदेशमा चालु वर्षमा रु १५करोड बजेट विनियोजन गरिएको छ ।   पहिलो वर्ष छनोट हुने व्यक्तिलाई न्यूनतम अनुदान उपलब्ध गराएर कार्यक्रम सञ्चालन गर्न लागिएको छ । पहिलो वर्ष दिइएको अनुदानका आधारमा सम्बन्धितले गरेको कामको मूल्याङ्कन गरी आगामी वर्षदेखि अनुदान सहयोग वृद्धि गर्दै लगिने जनाइएको छ । 

यो कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले ‘कोरोना प्रभावित तथा विदेशबाट फर्किएका युवा लक्षित कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७५’ मापदण्ड बनाई स्वीकृत गरिसकेको छ । कार्यक्रम कार्यान्वयनको तयारी गरिरहँदा कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण विगतमा भारत लगायतका देशबाट स्वदेश फर्किएका सुदूरपश्चिमवासीहरु कामको खोजीमा सीमा नाका हुँदै कामको पुनः भारत जान पस्न थालेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो