२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मिर्मिरे लघुवित्तले सेयरधनीलाई १२.६३ प्रतिशत प्रतिफल दिने

२०७७, २७ कार्तिक बिहीबार ०७:४२

कात्तिक २७, काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड ६१ लाख ४६ हजार रुपैया छ । कम्पनीले घोषणा गरेको ४ करोड ७५ लाख ३७ हजार बोनस सेयर पारित भएमा पुँजी ४४ करोड ३६ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । गत वर्ष कम्पनीले अघिल्लो आवको नाफाबाट ४५ प्रतिशत बोनस सेयर र करसहित २.३६ प्रतिशत नगद लाभांश दिएको थियो। 

गत आवको असार मसान्तसम्म कम्पनीले ४ करोड ५१ लाख २१ हजार रुपैयाँ नाफा गरेको थियो। अघिल्लो आवको सोही अवधिमा भने ७ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो। कम्पनीले चालू आवको पहिलो तीन महिनामा भने २ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा २ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो