१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उत्तरी गोरखाको सल्लेरीदेखि भालुवनसम्म भीर खनेर गोरेटो बाटो निर्माण

२७ कार्तिक २०७७, बिहीबार ०९:१५

कार्त्तिक २७, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीदेखि भालुवनसम्म पैदल यात्रु हिँड्नका लागि करीब तीन किलोमिटर भिरमा थालिएको गोरेटो बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौँदेखि छङ्गाछुर भीरमा भुण्डिएर हिँड्नुपर्ने भालुवनबासीका लागि दैनिक आउजाउमा सहज बनाउन विश्व खाद्य परियोजनाले पूर्णिमाको कार्यक्रमसँगको साझेदारीमा  बाटो निर्माण शुरु गरेको हो ।

वडाध्यक्ष रामकुमार गुरुङले ३ दशमलव २३ किलोमिटर दूरीमा ढुङ्गाको सिँढी बनाएर करीब चार फिट चौडाइको बाटो निर्माणको काम भइरहेको बताउनुभयो । करीब ४३६ मिटर भागमा भने रेलिङ बनाएर जाली लगाउने काम भइरहेको छ  । 

मनास्लु संरक्षण क्षेत्रभित्रको उक्त बाटो तिहारलगत्तै निर्माण सम्पन्न हुने निर्माणमा खटिनुभएका इञ्जिनीयर आशिष श्रेष्ठले बताउनुभयो । 

चुमनुब्रीमा फोरजी सेवा शुुरु हुँदै

विकट हिमाली क्षेत्र  चुमनुब्री गाउँपालिकमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आउने भएको छ । इन्टरनेटको पहुँच नपुगेको त्यस क्षेत्रमा ढिलोमा तीन महिनाभित्र फोरजी सेवा सञ्चालनमा आउने नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

गाउँपालिकाको सिर्दीवासस्थित न्याक डाँडा, चुम्चेत र विहीमा २५ फिट अग्लो टावर निर्माण गरी फोरजी सेवा प्रदान गर्न लागिएको छ । रासस    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु