२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण सामग्री अभावले रोकियो गौशाला–चाबहिल सडक

२०७७, २८ कार्तिक शुक्रबार ०९:००

कात्तिक २८, काठमाडौं । निर्माण सामग्री अभावका कारण गौशाला–चाबहिल सडक निर्माण अवरुद्ध हुन पुगेको छ । कात्तिक मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुङ्गाखानी तत्कालका लागि बन्द हुँदा सडक निर्माण गर्न नसकिएको हो । 

निर्माण सामग्री उपलब्ध हुँदा हिजोआज नै सम्पन्न भइसक्ने भए पनि अभाव हुँदा काम रोकिएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँका अनुसार लेलेस्थित ढुङ्गा रोडा उद्योगमा आवश्यक सामग्री तयारी भइसकेको थियो । ती सामग्री ल्याउन प्रयास गरिए पनि प्रशासनले रोक लगाएका कारण ल्याउन सकिएको छैन । उहाँले भन्नुभयो, “कानूनी रुपमा नै रोकिएकाले हामीले जोड गर्न पनि मिलेन ।”

जिल्ला प्रशासन कार्यालय ललितपुरले यही कात्तिक ४ गते निर्णय गरेर मापण्ड विपरीत सञ्चालित नदीजन्य तथा खानीजन्य उत्खनन, ओसारपसार तथा बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र ललितपुरका जनप्रतिनिधिसम्मिलित बैठकले अर्काे सूचना नभएसम्मका लागि  ती उद्योगमा रोक लगाएको थियो । ललितपुरका लेले, नल्लुलगायत क्षेत्रबाट नै काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा सडकलगायत पूर्वाधार निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टीलगायत सामग्री आउने गरेको थियो । 

सडक निर्माण सम्पन्न गर्न अरु स्थानबाट सामग्री ल्याउन सकिने भए पनि त्यसका लागि थप समय लाग्ने प्रमुख नेपालीले बताउनुभयो । उहाँका अनुसार आवश्यक मात्रामा निर्माण सामग्री तयार गर्न कम्तीमा पनि दुई साता लाग्छ । उहाँले भन्नुभयो, “आवश्यक मात्रामा एउटै क्रसरबाट नहुँदा धेरैमा भन्नुपर्ने पनि हुन सक्छ ।”

सो सडक सम्पन्न गर्न तोकिएको अवधि आगामी पुससम्म छ । अवधि अझै बाँकी रहे पनि स्थानीयवासीले दुःख पाइरहेकाले दशैँतिहारलगायत चाडपर्वअघि नै सम्पन्न गर्ने डिभिजनको लक्ष्य थियो । उहाँले भन्नुभयो, “कानूनी रुपमा समयावधिभन्दा पनि हामीले गरेको प्रतिबद्धतानअनुसार गर्न सकिँदैन भन्ने हाम्रो चिन्ता छ ।”

कार्यालयले निर्माणको काम गरिरहेको पुतलीसडकबाट ज्ञानेश्वर हुँदै कमलपोखरीसम्मको सडक निर्माण पनि निर्माण सामग्री अभावकै कारण अवरुद्ध छ । सडक निर्माण भइरहेकै समयमा निर्माण सामग्री नहुँदा काम बीचैमा अलपत्र भएको देखिन्छ । गौशाला–चाबहिल सडक बढी सवारीसाधनको चाप रहेको उपत्यकाको सडकमध्ये एक हो । सत्ताइस दशमलव दुई किमी लम्बाइको चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वरदेखि कलङ्की चीन सरकारले विस्तार गरिसकेको छ । दोस्रो खण्डका रुपमा कलङ्कीदेखि धोबीखोला (गोपीकृष्ण चलचित्रघरसँगैसम्म) को सडक विस्तारका लागि सरकारले निर्माणस्थल खाली गरिरहेको छ । धोबीखोलादेखि गौशालासम्मको खण्ड भने कार्यालयले निर्माण गरिरहेको छ । 

सुन्दरीजलबाट काठमाडौँका विभिन्न स्थानमा जाने पानीको मूल पाइप यही सडक भएर आउँछ । राणाकालमा बिच्छाइएको पाइप पुरानो भएकाले खिइँदै पानी बाहिर निस्किरहँदा यहाँको सडक बिग्रिरहेको थियो । एक दशकयता पटकपटक मर्मत भए पनि पुराना पाइपकै कारण सडकमा कालोपत्र उप्कने, खाल्डो हुने र धुलोका कारण स्थानीयवासी हैरान थिए । विसं २०६८ मा सडक विस्तारका क्रममा खानेपानीको पाइप सडकका बीच भागमा राखिएपछि सो समस्या बढेको थियो । 

खानेपानी र सडक पहिले एउटै मन्त्रालयअन्तर्गत भए पनि केही वर्ष पहिलेदेखि फरकफरक मन्त्रालयले हेर्ने र मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा यहाँको सडकको समस्या दीर्घकालीन समाधान हुन सकेको थिएन । अहिले भने डिभिजन कार्यालय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले समन्वय गरेर खानेपानी र सडक एउटै ठेक्काबाट काम शुरु भएको थियो । कालिका र बेदान्सी जेभीले आगामी पुसम्ममा सम्पन्न गर्ने गरी ठेक्का पाएका थिए । 

सो सडकखण्डमा पाइप व्यवस्थापनकै काम पहिले भएको थियो । यहाँ रहेका टुटेफुटेका पाइप हटाउँदै नयाँ फेरिएको थियो । गौशालादेख चाबहिल, चाबहिलदेखि चुच्चेपाटी र चाबहिलदेखि गोपीकृष्ण हल सडकखण्डको सडकको लम्बाइ झण्डै साढे दुई किमी छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा