९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहार पछि लकडाउनको हल्ला : वायुसेवा संचालक संघको यस्तो छ विज्ञप्ति

२८ कार्तिक २०७७, शुक्रबार १२:२३

कार्तिक २८, काठमाडौं । केही समाचार माध्यमहरुमा फेरी १५ दिन लकडाउन गर्ने समाचारहरु आएसँगै वायुसेवा संचालक संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । वायुसेवा संचालक संघले आज एक विज्ञप्ती जारी गर्दै लामो बन्दाबन्दी र निषेधाज्ञापछि अलिअलि जुर्मुराएको अर्थतन्त्रलाई फेरि सिथिल बनाउन तर्फ लाग्नु सम्वन्धित निकाय आ–आफ्नो जिम्मेवारीबाट पन्छिनु भएको जनाएको छ |

कडा लकडाउनका बीच पनि धेरै मात्रामा संक्रमितहरुको संख्या बढेको तथ्याङ्क हामी माझ भएको र कोरोनाबाट सम्भावित मृत्युदरलाई घटाउन पूर्वाधार तथा थप जनशक्ति परिचालन गर्नु पहिलो आवश्यकता प्राथमिकता भएकोले यसतर्फ सम्वन्धित निकायहरु थप सम्वेदनशील हुन जरुरी रहेको संघले जनाएको छ |

संघले जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘बन्दाबन्दीले शिथिल भएको पर्यटन, यातायात तथा हवाई सेवालगायतका अन्य व्यवसायहरुलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित नहुने हुँदा यसले आम नागरिकको आयमा फेरि बन्देज लगाई हजारौं श्रमिकले रोजगारी गुमाउने र तीनमा आश्रीत परिवारको रोजीरोटी खोसिनेबारे सम्वन्धित निकाय सचेत हुन जरुरी छ । त्यसैगरी, वायुसेवा कम्पनीहरु ६ अर्ब भन्दा बढी घाटामा गइसकेको अवस्थामा यसलाई फेरि पूनःथप व्ययभार थप्नु न्यायोचित हुँदैन ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंसिर १ गतेदेखि आन्तरिक पर्यटकीय गतिविधि शुरु गरिसकेको छ । जसको प्रारम्भिक नतिजा अत्यन्तै उत्साहजनक देखिएको र ट्राभल एजेन्सीहरुले पनि विभिन्न होलिडे प्याकेज ता ट्रेकिङहरुको धमाधम बुकिङ्ग कन्फर्म गरिसकेको अवस्थामा यसलाई रोक्नु ठिक नहुने संघको धारणा छ ।

संघले मास्कको प्रयोग, सामाजिक दुरीको ख्याल संक्रमणरहित सरसफाई नै कोरोना हटाउने मुख्य हतियार रहेको हुँदा यसलाई अझ बढी जनचेतना फैलाउन तथा सो उल्लंघन गरेको खण्डमा कानुनी दायरामा ल्याई अनिवार्य दण्डसजाय हुने व्यवस्था गरिनु पर्नेमा संघले माग गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै