१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युएसएआइडीद्वारा सरकारलाई भेन्टिलेटर हस्तान्तरण

२८ कार्तिक २०७७, शुक्रबार १३:१८

कात्तिक २८, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोरोना भाइरस (कोभिड–१९)को उपचारमा थप सहयोग पुर्याउन अमेरिकी  अन्तराष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडी)ले एक सय थान भेन्टिलेटर सहयोग गरको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले एक सय थान भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । 


सो अवसरमा  मन्त्री ढकाल भन्नुभयो, “कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ । यसका लागि  नेपाल सरकारको तर्फबाट अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।” उहाँले विगतका   पनि नेपाललाई अमेरिकाले  महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै महामारीको समयमा आएको महत्वपूर्ण सहयोग आजबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताउनुभयो । उहाँले सात प्रदेशमा सात÷सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई दुईवटाको दरले वितरण गरिने जानकारी दिनुभयो ।


सो अवसरमा अमेरिकी राजदूत बेरीले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिकी बिधि उपलब्ध गराउने कार्यमा प्रतिवद्ध रहेको बताउनुभयो । नेपालमा अहिलेसम्म ९०० वटा भेन्टिलेटटर र करिव २ हजार ६०० सघन उपचार कक्ष (आइसियू) रहेका छन । रासस 

तस्विर: युएसएआईडी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु