२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युएसएआइडीद्वारा सरकारलाई भेन्टिलेटर हस्तान्तरण

२०७७, २८ कार्तिक शुक्रबार १३:१८

कात्तिक २८, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोरोना भाइरस (कोभिड–१९)को उपचारमा थप सहयोग पुर्याउन अमेरिकी  अन्तराष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडी)ले एक सय थान भेन्टिलेटर सहयोग गरको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले एक सय थान भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । 


सो अवसरमा  मन्त्री ढकाल भन्नुभयो, “कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ । यसका लागि  नेपाल सरकारको तर्फबाट अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।” उहाँले विगतका   पनि नेपाललाई अमेरिकाले  महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै महामारीको समयमा आएको महत्वपूर्ण सहयोग आजबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताउनुभयो । उहाँले सात प्रदेशमा सात÷सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई दुईवटाको दरले वितरण गरिने जानकारी दिनुभयो ।


सो अवसरमा अमेरिकी राजदूत बेरीले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिकी बिधि उपलब्ध गराउने कार्यमा प्रतिवद्ध रहेको बताउनुभयो । नेपालमा अहिलेसम्म ९०० वटा भेन्टिलेटटर र करिव २ हजार ६०० सघन उपचार कक्ष (आइसियू) रहेका छन । रासस 

तस्विर: युएसएआईडी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा