२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालनको तयारी

२०७७, २९ कार्तिक शनिबार ०६:१४

कात्तिक २९, कञ्चनपुर | महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालन तयारी अन्तिम चरणमा पुगेको छ ।

अस्पतालले प्रयोगशाला निर्माण र जनशक्ति व्यवस्थापन गरी दुई सातापछि मेसिन सञ्चालन तयारी अघि बढाएको हो । मेसिन सञ्चालनका लागि चाहिने प्रयोगशाला निर्माण अन्तिम चरणमा पुगेको छ । प्राविधिक जनशक्ति व्यवस्थापनको कार्य पूरा गरिएको छ । मेसिन सञ्चालनका लागि प्रयोगशाला प्राविधिकको टोलीलाई तालिमका लागि पठाउन लागिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयसित समन्वय गरी प्राविधिकलाई १५ दिनको तालिमका लागि पठाउन लागिएको हो ।

“ल्याबको काम अन्तिम चरण आइ सकेको छ, मङ्सिर ११ गतेसम्म सबै कार्य पूरा गर्ने भनिएको छ, त्यसपछि मङ्सिर १५ गतेदेखि मेसिन सञ्चालन गरी परीक्षण शुरु गर्छौ”, महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भन्नुभयो, “मेसिन चलाउने जनशक्ति व्यवस्थापन भई सकेको छ, उहाँहरुलाई मङ्सिर ३ गते १५ दिने तालिमका लागि पठाइ रहेका छौँ ।”

पिसिआर प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएका छन । त्यसमा बिएमएलटी चार, माइक्रो बायलोजिष्ट एक, ल्याब टेक्नेसियन दुई र चार जना स्वीपरलगायत छन् । भीमदत्त नगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउन मेसिन खरिद गरी अस्पतालाई गत महिना हस्तान्तरण गरको छ । नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसित समन्वय गरी रु ३८ लाखमा मेसिन खरिद गरेको थियो । मेसिन सञ्चालनका लागि चाहिने दैनिक खर्च व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङको संयोजकत्वमा आर्थिक समिति गठन गरी कार्य अघि बढाइएको छ । 

कञ्चनपुरका सबै जनप्रतिनिधि र स्थानीय सरकारले मेसिन सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता गरी सकेका छन । भीमदत्त नगरपालिकाले महाकाली अस्पताल, जिल्ला समन्वय समिति र सुदूरपश्चिम प्रदेशका सदस्यहरुसित समन्वय गरी मेसिन खरिद गरेको थियो । अस्पतालले पिसिआर प्रयोगशाला बनाउन क्यबिनेट, बायोसेफ्टी क्याबिनेट, डि–फ्रिज र माइक्रोसेन्टिफ्युज लगायतका ८२ लाखको उपकरण खरिद गरी सकेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ