२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखाको ठोट्नेरी खोलामाथि ५० लाखमा झोलुङ्गे पुल निर्माण

२०७७, २९ कार्तिक शनिबार १०:०२

कात्तिक २९, गोरखा । गोरखाको आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलामाथि करिब रु ५० लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वीस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास परियोजनाको आर्थिक सहयोग र हिमाली क्षेत्र विकास केन्द्रको समन्वयमा सो पुल निर्माण गरिएको हो ।

पुल निर्माणमा कूल रु ४९ लाख ९१ हजार ३७६ खर्च भएको केन्द्रका संयोजक वीरबल घलेले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएको उक्त पुलको लम्बाइ ८६ मिटर रहेको छ । पुल निर्माण भएसँगै स्थानीय शङ्कदेवी आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई आवतजावतमा सजिलो भएको स्थानीयवासी राजकुमार ढकालले जानकारी दिनुभयो ।  “झोलुङ्गे पुल नहुँदासम्म बालबालिकाले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता थियो, उहाँले भन्नुभयो, “पुल बनेसँगै अब ढुक्कसँग हाम्रा बालबालिकालाई विद्यालय पठाउन सक्ने भएका छाँै ।” उक्त झोलुङ्गे पुलबाट मान्बु ठोट्नेरीदेखि छापगाउँ हुँदै धादिङको बसेरी गाउँसम्मका मानिस दैनिक आउजाँउ गर्ने ढकालले बताउनुभयो ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा