कार्तिक ३०, काठमाडौँ | भाइटिकामा एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा बैंकले १०० रुपैयाँ दिने भएको छ | बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाइटिकाको उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको हो |
‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै बैंकले भाईटिकामा आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रदान गरेमा दक्षिणा रकममा थप एक सय रुपैयाँ बैंकले थपिदिने जनाएको छ |
यस बैंकमा आबद्ध ग्राहकलाई भाइटिकाको दिनको लागि यो योजना लागु गरिएको छ भने योजनामा सहभागी हुन न्यूनतम पाँच सय स्थानान्तरण गर्नुपर्नेछ ।
यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम तीन सयसम्म दक्षिणा प्राप्त गर्न सक्ने जनाइएको छ । उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्ने जनाएको छ |