२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवागढी जलविद्युतको काम जारी

२०७७, ३० कार्तिक आईतवार १२:४०

कात्तिक ३०, रसुवा | निर्माणाधीन रसुवागढी जलविद्युत्  आयोजनाको काम  सामाजिक दूरी कायम गराई  जारी राखिएको छ ।  विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार  भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने   भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको हो । एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार १८५  मिटर हेडरेस सुरूङ, विद्युत्गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पूरा भइसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी  गरेका कोभिड– १९ को मापदण्ड पालना गराई काम अगाडि बढाइएको आयोजना प्रमुख छवि गैरेले  जानकारी दिनुभयो । आयोजनाको निर्माणस्थलमा  २२२ नेपाली तथा ६६ चिनियाँ कामदार कार्यरत  छन् । कोरोना समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्लुईले यथेष्ट कामदार  भने ल्याउन नसकेको बताइन्छ । सिभिल कामको समग्र  प्रगति ७८ प्रतिशत पूरा  भए तापनि कोरोना सङ्क्रमणको जोखिमले उपकरण  जडान भने हुन सकेको छैन । सो कामको जिम्मा पाएको भ्वाइथ इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्ने काम प्रभावित  भएको आयोजनाका प्राविधिकले जनाएका छन् ।

कोरोनाको समस्या देखाउँदै सो कामको जिम्मा लिएको  कम्पनीले   भूमिगत संरचनाबाट निर्माण भइरहेको  आयोजनामा  विद्युत्गृहको पानी बाहिर पठाउने ० ३४ मिटर  टेलरेस सुरूङ छेड्न  र सर्चटैँक मात्र निर्माण गर्न मात्र बाँकी रहेको जनाइएको छ ।  रु १३ अर्ब ६४ करोडका लागतमा सन् २०१३ देखि आयोजनाको निर्माण शुरूआत भएको थियो ।  आयोजना निर्माणमा ढिलाइ भए पनि ऊर्जा उत्पादनको कार्य दिगो र भरपर्दो हुने निर्माणमा सम्लग्न  प्राविधिकले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा