१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङका चार उद्योग खारेज

३० कार्तिक २०७७, आईतवार १४:३६

कात्तिक ३०, लमजुङ । घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ । लामो समयसम्म नविरकण नगर्ने, उद्योग सञ्चालन नगर्ने सो सङ्ख्याका उद्योगलाई यस चालू आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि कात्तिक महिनाको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ । 

उद्योग दर्ता गरेको धेरै समय र उद्योग सञ्चालन नगरेका उद्योग खारेज गरिएकोे घरेलु कार्यालयका प्रमुख तोपलाल भुषालले बताउनुभयो । उहाँका अनुसार चालू आवको चार महिनाको अवधिमा ३०५ नयाँ उद्योग दर्ता भएका छन् भने, १३० उद्योग नविकरण भएको छ । त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता भएका थिए । 

आर्थिक वर्ष २०७५/२०७६ मा छ उद्योग खारेज भएका उक्त कार्यालयले जनाएको छ । त्यस्तै, यस आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नविकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा १० वटा उद्योग खारेज गरिएको थियो । २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नविकरण भएको घरेलु कार्यालयको तथ्याङ्कमा छ । आर्थिक वर्ष २०७३/२०७४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आर्थिक वर्षमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नविकरण भएको थियो । 

त्यस्तै बाणिज्यतर्फ आर्थिक वर्ष २०७७/२०७८ को चार महिनाको अवधिमा १२ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । कार्यालयका अनुसार २१२ नयाँ वाणिज्य दर्ता भएका र २१६ को नविकरण भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा २५ को बाणिज्य दर्ता खारेज भयो भने ७६२ नयाँ दर्ता र ३२० को नविकरण भएको थियो । आर्थिक वर्ष २०७५/२०७६ मा २३ वाणिज्य दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै