२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुश्मा बजारका सडकमा धमाधम कालोपत्रे

२०७७, १ मंसिर सोमबार ०३:३०

मङ्सिर १, कुस्मा | जिल्ला सदरमुकाम कुश्मा बजारभित्रका मुख्य सडकहरुमा कालोपत्रे बिच्छ्याउने कार्य शुरु भएको छ । सङ्घीय सरकारको शहरी विकास कार्यालयमार्फत नगर क्षेत्रको बजारभित्रको झण्डै तीन किलोमिटर सडकखण्डमा कालोपत्रे बिच्छ्याउने कार्य शुरु भएको हो । नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिइएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र  जोशीले बताउनुभयो । 

नगरभित्रको तीन किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको कामलाई तीव्रता दिइएको हो ।

बजारक्षेत्रका मुख्य सडक आठ मिटर चौडा पारेर कालोपत्रे गर्न सहरी विकास तथा पूर्वाधार विकास विभागबाट काम भइरहेको छ । मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयवासीले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै सडकमा कालोपत्रे बिच्छ्याउने काम अघि बढेको छ ।  नगरको मुख्य र भित्री बजारका सबैजसो सडक न्यूनतम आठ मिटर चौडा बनाउने गरी सडक विस्तारमा जुटेको नगर प्रमुख जोशीले बताउनुभयो । यद्यपि कतिपय स्थानमा भने मापदण्ड नपुगेर सडक विस्तार गरिएको छ ।

पहिलो चरणमा रिङरोडको सडकका घरटहरा भत्काइसकिएकाले अब सडक चौडा पारेर मुख्य काम शुरु गरिएको नगर प्रमुख जोशीले बताउनुभयो । “बजारका सबै सडकको न्यूनतम मापदण्डानुसार चौडा पार्ने काम सकियो”, उहाँले भन्नुभयो, “अहिले दोस्रो चरणका काममा अघि बढेका छौँ।” शाखा सडकहरू यसअघि पाँच मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि आठ मिटरको मापदण्ड बनाएर फराकिलो पार्ने योजना बनाइएको छ तर केही पक्की घरहरु पहिले नै बनेका कारण बजार क्षेत्रका सबै सडक आठ मिटरको कायम भने हुन नसकेको नगरप्रमुख जोशीको भनाइ छ ।

सडकमा कालोपत्रे बिच्छ्याउने काम शुरु भए पनि बजार क्षेत्रका केही मुख्य सडक भने यस पटक छुटेका छन् । सडकमा कालोपत्रे र नाली बनाउनका लागि पर्याप्त बजेट नभएका कारण सबै सडक यसै पटक कालोपत्रे गर्न नसकिएको जोशीले बताउनुभयो । अहिले शिवालय चोकदेखि धनेश्वर चोक हुँदै प्रगति चोकबाट बडागाउँ र मैत्री चोकदेखि शिवालय माविसम्मको सडक मात्र कालोपत्रको काम भइरहेको छ । बाँकी सडकमा कालोपत्रे बिच्छ्याउने कार्यका लागि सङ्घ र प्रदेश सरकारकासँग समन्वय भइरहेको नगरप्रमुख जोशीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा