२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक वर्षभित्र तनहुँलाई अन्धकारमुक्त बनाइँदै

२०७७, २ मंसिर मंगलवार ०५:२५

मङ्सिर २, तनहुँ । एक वर्षभित्र तनहुँ जिल्लालाई अन्धकारमुक्त बनाउने लक्ष्यका साथ विद्युतीकरणको कामलाई तीव्ररूपमा अघि बढाइएको छ । एक सय ४० मेगावट क्षमताको विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाद्वारा प्रभावित भएका क्षेत्रमा विद्युत् विस्तार गर्ने कार्य थालिएको हो ।

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित उक्त आयोजनाबाट जिल्लाको साविक १७ वटा गाउँ विकास समिति प्रभावित भएका छन् । प्रभावित भएका क्षेत्रमा बिजुली विस्तारका कार्य भइरहेको  आयोजना व्यवस्था निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना (तनहुँ विद्युतीकरण आयोजना)का साइट इन्चार्ज लक्ष्मण रेग्मीले बताउनुभयो ।

उक्त आयोजनाबाट प्रभावित झण्डै सात हजार घरधुरीका बासिन्दा अन्धकारमा जीवन बिताउन बाध्य छन् । उहाँले भन्नुभयो, “विद्युत् विस्तारकार्यका लागि डेढ वर्षे आयोजना शुरु भए पनि बाढीपहिरो र कोरोनाका कारण सोचेअनुरुप प्रगति गर्न नसकिएको हो ।” पुनः छ महिना म्याद थप गरी आयोजनाको कार्य शुरु गरिएको छ । उहाँले भन्नुभयो, “सेती नदीको दक्षिण र काली नदीको उत्तर क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ ।”

जिल्लाको घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिकाको पूरै, शुक्लागण्डकी, व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनीका बाँकी रहेका क्षेत्रमा विद्युत् विस्तार गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिका–६ स्थित सराङघाट र घिरिङ गाउँपालिका–४ को सामुङमा गरी कूल रु तीन करोडको लागतमा सबस्टेशन निर्माण भइरहेको छ ।

घिरिङ गाउँपालिकाको अन्य क्षेत्रमा बिजुली पुगे पनि गड्यौलीटारमा भने अझै पुर्याउन बाँकी छ । उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा तत्काल विद्युत् सञ्चालन गर्ने गरी काम भइरहेको छ ।” सबस्टेशन जडानका लागि आवश्यक पर्ने उपकरण करिब ८० प्रतिशत आइसकेको र तारहरू आउन बाँकी रहेको बताइएको छ । विद्युत् प्राधिकरण तनहुँको कार्यक्षेत्रभित्र रहेका करिब ९५ प्रतिशत क्षेत्रमा विद्युत् पहुँच पुगिसकेको प्राधिकरणका सूचना अधिकारी लोकेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो ।

तनहुँका सबै पालिकामा विद्युत् पुगेको भए पनि भित्री क्षेत्रमा छरिएर रहेको बस्तीमा विद्युत् पुर्याउन नसकिएको हो । उहाँले भन्नुभयो, “त्यस्ता क्षेत्रमा विद्युत् विस्तार गरी अन्धकारमुक्त बनाउनका लागि प्राथमिकतामा राखेर काम थालिएको छ ।” विद्युत् प्राधिकरण तनहुँबाट मात्रै करिब ३६ हजार घरधुरीमा विद्युत् लाइन विस्तारकार्य भइसकेको प्राधिकरणले जनाएको छ ।

जिल्लाको म्याग्दे गाउँपालिकास्थित थर्पु बजारदेखि स्याङ्जा र कास्कीसँग जोडिएको पालिकामा कास्की लेखनाथ विद्युत् प्राधिकरण केन्द्रको कार्यक्षेत्र रहेकाले त्यस क्षेत्रको तथ्याङ्कका बारेमा भने आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो । सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित भएका घरपरिवारलाई पहिलो स्थानमा राखेर विकास निर्माणकार्य भइरहेको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।

ग्रामीण क्षेत्रका सबै घरधुरीमा बिजुली विस्तारका लागि विद्युत्पोल गाड्ने, लाइन विस्तार र सबस्टेशन निर्माणलगायतका काम दु्रतगतिमा अघि बढाइएको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले  बताउनुभयो । विसं २०६८ को जनगणनाअनुसार तनहुँको जनसङ्ख्या तीन लाख २३ हजार २८८ रहेको छ । तनहुँमा ७८ हजार ३०९ घरधुरी रहेका छन् भने दुई हजार ३६२ बस्तीमा छरिएर रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए