२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बन्दाबन्दीमा चोयाका सामग्रीबाट ६० हजार आम्दानी

२०७७, ३ मंसिर बुधबार ०५:४५

मंसिर ३,गण्डकी । बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै रु ६० हजार आम्दानी गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट रु ६० हजार आम्दानी गर्नुभएको हो ।

बन्दाबन्दीअघि विभिन्न ठाउँमा ज्याला मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्नुभएका नेपालीले सो समयमा बाहिर हिँड्डुलसमेत गर्न नपाएपछि चोयाका सामान बनाएर त्यसैबाट आप्mनो दैनिक खर्च चलाएको अनुभव सुनाउनुभयो । विसं २०७७ चैत महिनादेखि निर्मलपोखरी र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयबाट निगालो र निगाले बाँस खरिद गरेर चोया काटेर डोका ३४, थुन्से २४, झ्यारलुङ्गो १५ र धान राख्ने कोठा तथा मागअनुसारका विभिन्न अन्य सामग्री निर्माण गरी बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

“आन्द्रामा क्यान्सर रोगको कारण शरीर कमजोर छ, गाह्रो काम गर्न सक्दिनँ”, उहाँले भन्नुभयो, “हातको सीपसँगै केही हदसम्म भए पनि आम्दानी हुने हुँदा परिवारको पालनपोषण र आफ्नो  उपचारमा समेत सहयोग पुगेको छ ।” बिहान सबेरैदेखि साँझसम्म चोयासँग खेल्नु दैनिकी बनाउँदै आएको बताउने नेपालीका अनुसार तयार गरिएका सामान बिक्री गर्न बजार जानु पर्दैन । सामान चाहिनेहरू घरमै आउने गरेको उहाँले बताउनुभयो ।

चोया काढेर दुई दिनको अवधिमा तीनवटा डोका तयार गर्ने गरेको बताउँदै उहाँले मागअनुसार चोयाबाट निर्माण गरिने सम्पूर्ण सामग्री आपूmले बुन्ने गरेको जानकारी दिनुभयो । नेपालीका अनुसार उत्पादित प्रतिडोका रु ५५०, विभिन्न आकारका थुन्से रु ४०० देखि ७००, झ्यारलुङ्गो (कुखुरा राख्ने) रु ७०० देखि ८००, धान राख्ने कोठाको रु दुई हजार र बच्चाको कोक्रो रु एक हजारका दरले बिक्री हुँदै आएको छ । बजारमा प्लाष्टिकका सामग्री पाउन थालेपछि चोयाका सामान लोप हुँदै गएको अनुभव सुनाउँदै उहाँले वातावरणीयसँगै स्थानीय सीप र कच्चा पदार्थ प्रयोग गरी निर्मित वस्तुको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय निगालो र बाँस पनि पाउन कठिन बनेको छ ।

बन्दाबन्दीको क्रममा श्रीमान्लाई आन्द्रामा क्यान्सर रोग देखिएपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराउँदै आएको उहाँकी श्रीमती रत्नकुमारी नेपालीले रासससँग दुखेसो सुनाउनुभयो । “कमाउने श्रीमान्लाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा रु तीन लाखभन्दा बढी खर्च भइसकेको छ”, उहाँले भन्नुभयो, “मङ्सिर ४ गते चौथोपटक किमो चढाउने भनेको छ, यसअघि स्वास्थ्य बीमा र गाउँपालिकाको सिफारिसमा केही छुट भएर सुविधा पुगे पनि थप उपचारका लागि पैसा छैन, अब के गर्ने ?”

“श्रीमान् रोग र भोकसँगै लड्दै घरमै चोयाका घरेलु सामग्री तयार गर्नुहुन्छ, मैले पोखराका आसपासका ग्रामीण क्षेत्रमा पुगेर तरकारी खरिद गरी बजार र घरबाटै बिक्री गर्दै आएकी छु”, रत्नकुमारीले भन्नुभयो, “दुई छोराले र छोरीहरूले पनि सहयोग गर्दै आएका छन् ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए