१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इन्फास्ट्रक्चर बैंकको आईपीओ प्रस्ताव पारित, एकैपटक ८ अर्बको सेयर आउँदै

४ मंसिर २०७७, बिहीबार ०७:०६

मंसिर ४, काठमाडौं । इन्फास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ प्रस्ताव पारित भएको छ । बैंकको बुधबार बसेको साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । 

देशको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न स्थापित नेपालको एउटामात्रै बैंकको रुपमा रहेको सो बैंकले चुक्ता पुँजीको ४० प्रतिशतले हुने ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेगरी तयारी गरेको थियो । हाल १२ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सो बैंकले सो आईपीओ निष्कासन गरेपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ नाघ्नेछ । यो पुँजी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरुमध्ये हालसम्मकै सबैभन्दा बढी हुनेछ । 


राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका जुनसुकै बैंक तथा वित्तीय संस्थाले स्थापनाको ३ आर्थिक वर्षभित्र अनिवार्य रुपमा सर्वसाधारणमा जानुपर्ने व्यवस्था छ । सोही अनुसार निफ्राको साधारणसभाले प्रस्ताव पास गरेको हो । यो प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरेपछि धितोपत्र बोर्डमा स्वीकृतिका लागि बैंकले आवेदन दिनेछ । बोर्डबाट निष्कासन गर्न स्वीकृति प्राप्त भएपछि आईपीओ निष्कासन हुनेछ । 

बैंकले यही त्रैमासभित्र (पुस मसान्त) भित्रै आईओ निष्कासन गरिसक्ने लक्ष्य लिएर अघि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली बताउँछन् । इन्फास्ट्रक्चर बैंकमा हाल नेपाल सरकारसहित बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र कर्पोरेट हाउसको समेत लगानी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ