१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा क–कसले गर्दैछन् मतदान ? (नामावलीसहित)

४ मंसिर २०७७, बिहीबार ०७:११

मंसिर ४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि हुन लागेको मतदानमा सहभागिता जनाउन पाउने सदस्यहरुको टुंगो लागेको छ । महासंघको निर्वाचन समितिले यही मंसिर ११–१३ गते हुन लागेको ५४ साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि जिल्ला तथा नगर, वस्तुगत, एशोसिएट्स, द्धिराष्ट्रिय र संस्थापक सदस्यसहितको नामावलीलाई प्रकाशन गरेको हो । सो नामावलीमा परेका दाबी विरोधलाई समेटेर समितिले अन्तिम नामावली प्रकाशन गर्नेछ । 

समितिले प्रकाशन गरेको नामावली अनुसार जिल्ला तथा नगरतर्फ १ सय ७ वटा उद्योग वाणिज्य संघ छन् । त्यस्तै, १२ वटा जिल्ला तथा नगरतर्फबा १२ वटा संस्थापक सदस्यलाई पनि सो नामावलीमा समावेश गरिएको छ । 

त्यस्तै वस्तुगततर्फ विभिन्न संघ तथा विषयगत महासंघ समेत गरी १ सय १ संस्थाका प्रतिनिधि मतदानमा सहभागी हुनेछन् ।  उता, एशोसिएट्स समूहतर्फ कुल ९ सय २३ वटा व्यवसायिक फर्महरुले मतदान गर्न पाउनेगरी अन्तिम नामावली प्रकाशन गरिएको छ । द्धिराष्ट्रिय सदस्यको तर्फबाट १२ वटा उद्योग वाणिज्य संघहरुको प्रतिनिधित्व रहनेछ ।

महासंघको निर्वाचनमा उपाध्यक्षको निर्वाचन समूहगत प्रतिनिधिबाट हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि भने जिल्ला तथा नगरतर्फबाट ५० प्रतिशत, एशोसिएट्सतर्फ ३० प्रतिशत र वस्तुगत समूहतर्फ २० प्रतिशत मतभार हुने व्यवस्था गरिएको छ । यसमा द्धिराष्ट्रिय समूह एशोसिएट्समा समेटिएको छ भने संस्थापक समूह जिल्ला तथा नगर सदस्यमा समावेश गरिएको छ । विशिष्ठ, मानार्थ सदस्य लगायतलाई पनि एशोसिएट्सकै हैसियत दिइए पनि उनीहरुलाई निर्वाचनमा सहभागी गराउने व्यवस्था छैन । 

हाल वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् । उपाध्यक्षतर्फ एशोसिएट्समा रामचन्द्र सांघाई तथा सौरभ ज्योति, जिल्ला तथा नगरमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ तथा वस्तुगतमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । 

हेर्नुहोस् नामावली 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ