२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरामा राष्ट्रिय प्रसारण लाइन विस्तार

२०७७, ७ मंसिर आईतवार ०५:४८

मंसिर ७,मार्तडी | जिल्लाको बूढीगङ्गा नगरपालिकामा शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै सञ्चालनमा ल्याएको छ । सोही नगरपालिका–३ साविकको ब्रह्मतोला गाउँ विकास समिति–७ बाहुनबाडा, सेरालाबाडा र बसालीमा विद्युत् लाइन विस्तार गरिएको हो ।

 जिल्लाको नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान गर्ने उद्देश्यसहित पहिलोपटक बूढीगङ्गाको बाहुनबाडा गाउँबाट विद्युत् सेवा सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र शाखा बाजुराका कार्यालय प्रमुख महेशचन्द्र भट्टले बताएका छन् ।

लाइन विस्तारसँगै बूढीगङ्गा नगरपालिका–३ का ५२ परिवारले विद्युत् सेवा उपयोग गर्न पाएको वडाध्यक्ष खडक अधिकारीले बताएका छन् । साविक ब्रह्मतोला गाविस र हालको १, २ र ३ नम्बर वडामा बिजुली विस्तार गर्ने योजनासहित प्रसारण लाइन जडान गरिएको हो । बसालीका स्थानीयवासी पहिलोपटक विद्युत् सेवा उपयोग गर्न पाउँदा खुशी भएका छन् । वर्षौँदेखिको सपना पूरा भएको र अँध्यारोबाट उज्यालो युग शुरु भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

वडामा पर्ने अझै १४ बस्तीमध्ये दुई बस्तीमा मात्र विद्युत् विस्तार भएकाले तत्काल अरु वस्तीमा पनि लाइन विस्तार हुनुपर्ने वडासदस्य कल्लाने दमाइको माग थियो । लाइन जडान गरिए पनि ट्रान्सफर्मर आएलगत्तै अन्य वस्तीमा पनि विद्युत् विस्तार हुने प्राधिकरणले वितरण शाखा बाजुराका सूचना अधिकारी शङ्कर स्वारले बताए ।

स्थानीय लघुजलविद्युत् उत्पादन गरेर बिजुली सेवा सञ्चालनमा रहे पनि विद्युत् प्राधिकरणले भने बसालीबाटै लाइन विस्तार सुरु गरेको हो । दुई वर्ष पहिले नै जडान गर्ने लक्ष्य राखिए पनि केही प्राविधिक पक्ष र कोरोनाका कारण ढिलो भएको बताइएको छ । जिल्लामा अझै आधाभन्दा बढी जनसङ्ख्या विद्युत्को उज्यालोबाट वञ्चित छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह