२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरामा राष्ट्रिय प्रसारण लाइन विस्तार

७ मंसिर २०७७, आईतवार ०५:४८

मंसिर ७,मार्तडी | जिल्लाको बूढीगङ्गा नगरपालिकामा शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै सञ्चालनमा ल्याएको छ । सोही नगरपालिका–३ साविकको ब्रह्मतोला गाउँ विकास समिति–७ बाहुनबाडा, सेरालाबाडा र बसालीमा विद्युत् लाइन विस्तार गरिएको हो ।

 जिल्लाको नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान गर्ने उद्देश्यसहित पहिलोपटक बूढीगङ्गाको बाहुनबाडा गाउँबाट विद्युत् सेवा सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र शाखा बाजुराका कार्यालय प्रमुख महेशचन्द्र भट्टले बताएका छन् ।

लाइन विस्तारसँगै बूढीगङ्गा नगरपालिका–३ का ५२ परिवारले विद्युत् सेवा उपयोग गर्न पाएको वडाध्यक्ष खडक अधिकारीले बताएका छन् । साविक ब्रह्मतोला गाविस र हालको १, २ र ३ नम्बर वडामा बिजुली विस्तार गर्ने योजनासहित प्रसारण लाइन जडान गरिएको हो । बसालीका स्थानीयवासी पहिलोपटक विद्युत् सेवा उपयोग गर्न पाउँदा खुशी भएका छन् । वर्षौँदेखिको सपना पूरा भएको र अँध्यारोबाट उज्यालो युग शुरु भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

वडामा पर्ने अझै १४ बस्तीमध्ये दुई बस्तीमा मात्र विद्युत् विस्तार भएकाले तत्काल अरु वस्तीमा पनि लाइन विस्तार हुनुपर्ने वडासदस्य कल्लाने दमाइको माग थियो । लाइन जडान गरिए पनि ट्रान्सफर्मर आएलगत्तै अन्य वस्तीमा पनि विद्युत् विस्तार हुने प्राधिकरणले वितरण शाखा बाजुराका सूचना अधिकारी शङ्कर स्वारले बताए ।

स्थानीय लघुजलविद्युत् उत्पादन गरेर बिजुली सेवा सञ्चालनमा रहे पनि विद्युत् प्राधिकरणले भने बसालीबाटै लाइन विस्तार सुरु गरेको हो । दुई वर्ष पहिले नै जडान गर्ने लक्ष्य राखिए पनि केही प्राविधिक पक्ष र कोरोनाका कारण ढिलो भएको बताइएको छ । जिल्लामा अझै आधाभन्दा बढी जनसङ्ख्या विद्युत्को उज्यालोबाट वञ्चित छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा