२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बत्ति जान थालेपछि राउटर युपिएस वा एडेप्टर प्रयोग गर्न नेपाल टेलिकमको आग्रह

२०७७, १२ मंसिर शुक्रबार ०७:५६

मङ्सिर १२, काठमाडौँ | युपिएस र एडेप्टर राउटर प्रयोग गर्न नेपाल टेलिकमले ग्राहकलाइ आग्रह गरेको छ | बत्ति गएको बेलामा एफटिटिएचको भ्वाइस सेवा अवरुद्ध नहोस् भनेर टेलिकमले यस्तो आग्रह गरेको हो |

बत्ति गएको समयमा इन्भर्टरको फुल व्याकअप भएका घर तथा कार्यालय बाहेक अन्य स्थानहरुमा भ्वाइस सेवा प्रयोगमा असुविधा भएको पाइएको छ |

हाल बजारमा सानो खालको राउटर यूपीएस वा एडेप्टर सहज रुपमा उपलब्ध हुने बताउँदै टेलिकमले यस्तो डिभाइस प्रयोग गर्नु उपयुक्त हुने बताएको छ | राउटर यूपीएस जस्ता साना डिभाइस विभिन्न क्षमताका हुन्छन्। जुन विद्युत नहुँदा केही घण्टासम्म सेवाको निरन्तरताका लागि उपयुक्त हुन्छन् |

एडेप्टरमा भएको ब्याट्री विद्युत हुँदा आफैं चार्ज हुन्छ भने नभएका बेला त्यही ब्याकअप पावर खपत हुन्छ | कम्पनीले वितरण गरिरहेको एफटिटिएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडेप्टर उपयुक्त हुन्छ |

टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफिटिटिएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा दिइरहेको छ | निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने कम्पनीको तयारी छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा